
काठमाडौं ।
विश्व विख्यात अटोमोबाइल कम्पनी बीएमडब्लुले पहिलो पटक भारतीय बजारमा विद्युतीय कार ल्याउने भएको छ ।
सन् २०२१ डिसेम्बर १३ तारिखमा बीएमडब्लुले आइएक्स् विद्युतीय एसयूभी लन्च गर्ने भएको हो। जर्मन कार निर्माताले भारतमा आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी लन्च गर्न लागेको हो ।
बिएमडब्लू आईएक्स २०२० नोभेम्बरमा विश्वव्यापी रूपमा अनावरण गरिएको थियो । यो बिएमडब्लूको भिजन आई नेक्स्ट कन्सेप्ट एसयूभीको उत्पादन विशेष संस्करण हो जुन सन् २०१८ मा पेरिस भएको मोटर शोमा पहिलो पटक प्रदर्शन गरिएको थियो। बिएमडब्लू आईएक्स इलेक्ट्रिक एसयूभी डिसेम्बर २०२१ देखि पूर्ण रुपमा भारतमा नै निमार्ण हुनेछ ।
आफ्ना प्रतिस्पर्धी कम्पनीहरु मरसीडीज–बेन्ज, अउडी–इट्रोन, जौगर आइ–पेसलाई टक्कर दिँदै बीएमडब्लुले नयाँ प्रविधियुक्त वातावरण मैत्री विद्युतीय कार बजारमा ल्याउने भएको हो । आइएक्स् विद्युतीय एसयूभीको मूल्य ८३ हजार २२० अमेरिकी डलर रहेको छ। नयाँ बीएमडब्लुको आइएक्स् इलेक्ट्रिक एसयूभीको मूल्य भारतमा १ करोड रुपैयाँ हुने अपेक्षा गरिएको छ । जसले मर्सिडीज बेन्ज ईक्यूसी, अउडी ई ट्रोन, जगुआर आईपेस, इत्यादिलाई टक्कर दिनेछ।
बीएमडब्लु इन्डियाले ट्वीटर मार्फत भनेको छ, “बीएमडब्लुको लागि आन्नदायी यात्रा गर्नु भनेको केवल गाडी चड्नु मात्रै होइन, बरु सारा संसारलाई दिनहु अलिक राम्रो बनाउने परिवर्तनको लहर चलाउनु हो । हामी यातायात तथा गतिशीलताको भविष्यलाई नयाँ ढङ्गले परिभाषित गर्न तयार छौं। हामीसँगै रहनु होस् ।”
कम्पनीले आउने दिनहरुमा अरु मोडेलका विद्युतीय कारहरु पनि बजारमा ल्याउने अनुमान गरिएको छ ।
प्रकाशित: १६ मंसिर २०७८, बिहीबार