नेपाल मोबाइल बितरक संघमा अध्यक्ष दिनेश चुल्यांद्योको नेतृत्वमा नयाँ कार्यसमिति चयन

  • Technology Khabar | १६ मंसिर २०७८, बिहीबार
नेपाल मोबाइल बितरक संघमा अध्यक्ष दिनेश चुल्यांद्योको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं ।

नेपाल मोबाइल बितरक संघले आगामी कार्यकालको लागि आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ।

संघको बुधबार भएको दोस्रो साधारण सभाले आगामी कार्यकालको लागि २३ सदस्यिय नयाँ नेतृत्व छानेको हो ।

वर्तमान अध्यक्ष दिनेश चुल्यांद्योको नेतृत्वमा नै नयाँ कार्यसमिति आएको छ । यससँगै चुल्यांद्यो दोस्रो पटक समेत अध्यक्षमा चयन भएका छन्।

अध्यक्ष चुल्याद्योको कार्यसमितिका पदाधिकारीहरुमध्ये वरिष्ठ उपाध्यक्षमा शिवराज पहारी, उपाध्यक्षमा साहेबलाल साह, महासचिवमा गृहनाथ(रघु) त्रिपाठी, सचिवमा बालनरसिंह कुँवर, कोषाध्यक्षमा अर्जुन गोपाल धौभदेल, सह कोषाध्यक्षमा प्रनव तोदि चयन भएका छन् ।

यसका साथै सदस्यहरुमा शिवराज(नविन) बास्तोला, पुरुषोत्तम श्रेष्ठ, मिठ्ठाराम बास्तोला, आकास अग्रवाल, दिपक कोइराला, रामचन्द्र श्रेष्ठ, खगेन्द्र नेपाल, अरुण कुमार श्रेष्ठ, तुल्सीराम सर्मा, रोहित अग्रवाल, दामोदर खरेल, पवन सिक्का, विकास पोदार, अनिल ठाकुर तथा अनिश बिष्ट रहेका छन् ।

प्रकाशित: १६ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Karvika Thapa to speak at Harvard University on AI, startups, and Nepal’s economic transformation

  • Technology Khabar
  • १६ मंसिर २०७८, बिहीबार