चिनियाँ साइबरसेक्युरिटी कम्पनी चिहू३६० ले तयार पार्यो क्रिप्टो माइनिङ पत्ता लगाउने प्रणाली

  • Technology Khabar | १६ मंसिर २०७८, बिहीबार
चिनियाँ साइबरसेक्युरिटी कम्पनी चिहू३६० ले तयार पार्यो क्रिप्टो माइनिङ पत्ता लगाउने प्रणाली

काठमाडौं ।

क्रिप्टोकरेन्सी माइनिङ्गमा चीनको कारबाही विगत केही महिनाहरूमा द्रुत र ससक्तरुपमा गरिरहेको छ । यसमा सरकारले कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ किनकि यसले अब देशमा क्रिप्टो माइनिङ्गको कुनै पनि कार्यलाई ट्र्याक गर्नका लागि मद्दत गर्न साइबर सुरक्षा जायन्ट चिहू ३६० (Qihoo360) बाट सहयोग खोजेको छ।

चिनियाँ साइबरसेक्युरिटी कम्पनीले यस हप्ताको सुरुमा एक सफलता प्रणाली वीच्याटमा घोषणा गरेको थियो जसमार्फत कम्पनीले क्रिप्टोकरेन्सी माइन कार्यहरू अनुगमन गर्न सक्षम भएको दाबी गर्छ।

कम्पनीले क्रिप्टो माइनको गतिविधिहरू हटाउन आफ्नो मिशनमा चिनियाँ सरकारलाई सहयोग गर्ने बताएको छ।

चिहू ३६० को नविनतम निगरानी प्रणालीले क्रिप्टो माइनर्सको आईपी ठेगाना, भौगोलिक स्थान, नेटवर्क प्रकार, कनेक्सन फ्रिक्वेन्सी, र तिनीहरूलाई बाहिर निकाल्ने तरिकाहरू पनि सुझाव दिन सक्षम भएको दाबी गरिएको छ।

आफ्नो निगरानी प्रणालीद्वारा निकालिएको डाटाबाट केही प्रमुख अन्तर्दृष्टिहरू साझेदारी गर्दै, चिहू ३६० ले नोभेम्बर महिनामा औसतमा प्रति दिन १ लाख ९ हजार माइनिङ्ग आईपी ठेगानाहरू फेला पारेको दाबी गरेको छ । चिहू ३६० ले बताएअनुसार क्रिप्टो माइनरहरूले मुख्यतया होम ब्रोडब्यान्ड, इन्टरप्राइज इन्टरनेट कनेक्सनहरू, र डाटा केन्द्रहरू प्रयोग गर्छन्।

“सफ्टवेयर सुइटले चिहू ३६० को स्वामित्वको नेटवर्क ट्राफिक निगरानी क्षमताहरू, ठूलो डाटा विश्लेषण र सक्रिय रक्षा संयन्त्रहरूको प्रयोग गर्दछ,” कम्पनीले भन्यो।

प्रकाशित: १६ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...