आईओएस र आईप्याडओएसका लागि ट्विचमा शेयरप्ले फिचर उपलब्ध

  • Technology Khabar | १६ मंसिर २०७८, बिहीबार
आईओएस र आईप्याडओएसका लागि ट्विचमा शेयरप्ले फिचर उपलब्ध

काठमाडौं ।

आईओएस तथा आईप्याडओसका लागि ट्विचमा शेयरप्ले फिचर उपलब्ध हुने भएको छ।

गत अक्टोबरमा एप्पलले आईओएस १५.१ तथा आईप्याडओएस १५.१ अपडेट ल्याएको थियो। उक्त अपडेटपछि यी दुई अपरेटिङ सिस्टमका प्रयोगकर्ताले शेयरप्ले लगायतका फिचर प्रयोग गर्न पाउने भएका छन्।

शेयरप्ले फिचरमार्फत् यूजरहरुले थुप्रै स्ट्रिमिङ एपहरुका सामग्रीहरु फेसटाइम कलका माध्यमबाट साथीहरुसँगै हेर्न मिल्छ भने अब ट्विच पनि सपोर्ट हुने भएपछि थप सहज हुने बुझिएको छ।

प्रयोगकर्ताले आईओएस १५.१ तथा त्यसपछिका र आईप्याडओएस १५.१ तथा त्यसमाथिका भर्सनमा फेसटाइम कलका क्रममा ट्विचमा जान सक्ने र कुनै पनि लाइभस्ट्रिम सेलेक्ट गरेर अर्कोपट्टि भएका मानिसहरुसँग मिलेर हेर्न सक्ने सुविधा पाउँछन्।

साथै कलमा रहेका सबै यूजरका प्लेब्याक कन्ट्रोल सिंक हुने र प्रत्येक यूजरलाई अलग सहभागीका रुपमा गणना गर्ने पनि बुझिएको छ।

यसबाहेक यूजरले आफ्ना ट्विच एकाउन्टबाट स्ट्रिममा च्याट गर्न, फलो गर्न, सब्स्क्राइब गर्न तथा चियर गर्न पनि सक्नेछन्।

प्रकाशित: १६ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...