बर्दीमा रहेका बेलामा टिकटक बनाउने प्रहरी कारबाहीमा

  • Technology Khabar | १५ मंसिर २०७८, बुधबार
बर्दीमा रहेका बेलामा टिकटक बनाउने प्रहरी कारबाहीमा

काठमाडौं ।

हतियारसहित बर्दीमा रहेका बेलामा टिकटक बनाउने असई कमलेश यादव कारबाहीमा परेका छन्। उनी प्रदेश १ का एक जना मन्त्रीको सुरक्षामा खटिएका थिए ।

प्रहरी प्रधान कार्यालय, नक्सालले उनलाई आचरण विपरित कार्य गरेकोमा कारबाही गरेको हो।

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार यादवलाई स्पष्टिकरण सोध्ने तयारी भइरहेको अनलाइन खबरले रिपोर्ट गरेको छ।

उनकाअनुसार यो घट्ना यो कारबाही प्रक्रियामा गइसकेको छ र  हाललाई जिम्मेवारीबाट हटाईएको छ।

यादबलाई जिम्मेवारीबाट तानेर प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयमा ल्याइएको छ।

यसअघि पनि नेपाल प्रहरीमा कार्यरत प्रहरीहरुलाई पोशाक लगाएर तथा डिउटीको समयमा टिकटक नबनाउन भनिएको थियो।

प्रकाशित: १५ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार