शांघाइको उत्पादन प्लान्टको आँकडाबारे चिनियाँ ‘थिंक ट्यांक’ को प्रतिवेदन गलत: टेस्ला

  • Technology Khabar | १५ मंसिर २०७८, बुधबार
शांघाइको उत्पादन प्लान्टको आँकडाबारे चिनियाँ ‘थिंक ट्यांक’ को प्रतिवेदन गलत: टेस्ला

काठमाडौं ।

इलन मस्कको अटो कम्पनी टेस्लाले बुधबार ईभी१०० नामक चिनियाँ थिंक ट्यांकको टेस्लाको शांघाइ फ्याक्ट्रीले यो वर्ष ५ लाख गाडी बनाउने लक्ष्य नजिक पुगेको भनाई गलत भएको बताएको छ।

ईभी१०० ले ग्रेस ताओका नामले चिनिने ताओ लिनलाई उद्धृत गर्दै उक्त थिंक ट्यांकको आधिकारिक विच्याट एकाउन्टमा बुधबार प्रकाशित एउटा लेखमा उक्त तथ्याङ्क समेटेको थियो।

टेस्लाका एक प्रतिनिधिले रोयटर्सलाई बताए अनुसार उक्त तथ्याङ्क गलत रहेको छ। उनले कम्पनीको तेस्रो त्रैमासको प्रगतिका बारेमा उल्लेख गर्दै शांघाइको प्लान्टले वर्षमा ४ लाख ५० हजार गाडी उत्पादन गर्न सक्ने जानकारी दिए।

यसपछि ईभी१०० कुनै कारण नखुलाई आफ्नो लेखबाट उक्त आँकडा हटाउनका लागि लेख पुन: सम्पादन गरेको थियो। तर ताओले उक्त लेखमा कमेन्ट गरेको शांघाइ फ्याक्ट्रीले आफ्नो आपूर्ति श्रृङ्खलाको ९० प्रतिशत हिस्सा स्थानीयकरण गरेको तथ्यलाई भने हटाएको थिएन।

ईभी१०० का थिंक ट्यांकले बर्सेनि एउटा कार्यक्रम आयोजना गर्ने र उक्त कार्यक्रममा अटो उद्योगका कार्यकारीहरुले भेटवार्ता गरी नीति तथा बजारका बारेमा छलफल गर्दछन्।

प्रकाशित: १५ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...