धाँधली भएको निष्कर्षपछि अमेजन यूनियनको पुन: निर्वाचन हुने

  • Technology Khabar | १५ मंसिर २०७८, बुधबार
धाँधली भएको निष्कर्षपछि अमेजन यूनियनको पुन: निर्वाचन हुने

काठमाडौं ।

अमेजनको अलाबामामा रहेको गोदाममा काम गर्ने एक कर्मचारीले धाँधली भएको दावी गरेपछि उक्त गोदामका कर्मचारीका लागि पुन: मतदानको व्यवस्था हुने भएको छ।

यूएस नेशनल लेबर रिलेशन्स बोर्डका एक क्षेत्रीय निर्देशकले अमेजनलाई बेसेमरमा रहेको उक्त गोदामका कर्मचारीका लागि पुन: मतदानको व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

त्यहाँका कर्मचारीले २:१ को अनुपातमा यूनियन बनाउन खोजेकोमा उक्त व्यवस्थाको विरोध गरेका थिए। तर गत अगस्टमा उक्त बोर्डले अमेजनले निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेको आरोप लगाएको थियो।

‘आजको निर्णयले हामीले भन्दै आएको अमेजनको हस्तक्षेपका कारण कर्मचारीले यूनियन चाहिने/नचाहिने बारेमा सही ढंगले मतदान गर्न नसकेका प्रस्ट भएको छ’, रिटेल, होलसेल एन्ड डिपार्टमेन्ट स्टोर यूनियनका अध्यक्ष स्टुआर्ट एप्पेलबमले विज्ञप्तिमा भनेका छन्।

प्रकाशित: १५ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार