
काठमाडौं ।
नेपाल एसबिआई बैंक तथा नेपाल क्ल्यिरिङ हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणाको संचालनको लागी सम्झौता भएको छ।
उक्त सम्झौतामा बैंकका नायव प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम र एनसिएचएलका प्रमूख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान हस्ताक्षर गरेका छन् ।
यस सम्झौताको पहिलो चरणमा बैंकले एनसिएचएलमार्फत रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, वालेट–वालेटबीच अन्तर आवद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तर आवद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरुको सेवा पाउनेछ।
प्रकाशित: १४ मंसिर २०७८, मंगलवार