
काठमाडौं ।
फेसबुकको मूल कम्पनी मेटालाई बेलायतको प्रतिस्पर्धा र बजार प्राधिकरणले गिफी (Giphy) बेच्न आदेश दिएको छ।
त्यसबेला फेसबुक भनेर चिनिने कम्पनीले गत वर्ष ३१ करोड ५० लाख डलरमा गिफी सेयरिङ सर्च इन्जिन किनेको थियो।
गिफीको लूपिङ छोटो भिडियो एनिमेसनको विशाल डाटाबेसलाई यसको अर्को अवस्थित सोशल मिडिया प्लेटफर्म, इन्स्टाग्रामसँग यसले एकीकृत गर्ने योजना बनाएको छ।
तर सीएमएले खरिदलाई प्रतिस्पर्धी सामाजिक मिडिया प्लेटफर्महरूको लागि अनुचित ठहर गरेको बीबीसीले उल्लेख गरेको छ
फेसबुकले अक्टोबरमा मेटालाई आफ्नो नयाँ कर्पोरेट नामको रूपमा अपनायो – तर कम्पनीको स्वामित्वमा रहेका व्यक्तिगत प्लेटफर्महरू, फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपले आफ्नो मौलिक पहिचान कायम राख्छन्।
मे २०२० मा, जब यसले गिफीको अधिग्रहणको घोषणा गर्यो, यसले जीआईएफ सर्च इन्जिनको ट्राफिकको ५० प्रतिशत पहिले नै फेसबुक प्लेटफर्मबाट आएको बताएको थियो र त्यो मध्ये आधा इन्स्टाग्रामबाट मात्रै आएको थियो।
तर गिफीले टिकटक,स्न्यापच्याट र ट्विटर जस्ता प्रतिस्पर्धीहरूलाई पनि जीआईएफहरु उपलब्ध गराउँछ।
मेटाका साइटहरूले ७३ प्रतिशतको हिस्साका साथ सोशल मिडिया प्रयोगकर्ताको समयलाई हावी गरेको छ र यसले गिफीको लाभ उठाएर टिकटक,स्न्यापच्याट र ट्विटर जस्ता प्रतिद्वन्द्वीहरूलाई अझ दबाउन सक्ने सीएमएले भनेको छ।
मर्जर हुनु अघि, गिफीले डनकिनन्स डोनट्स र पेप्सी जस्ता ब्रान्डहरू द्वारा प्रयोग गरिने “नवीनतम विज्ञापन सेवाहरू” सुरु गर्यो जुन यसले बेलायतमा ल्याउन सक्ने समेत बताएको छ।
प्रकाशित: १४ मंसिर २०७८, मंगलवार