फेसियल रिकग्निशन फर्म क्लियरभ्यू एआईमाथि १ करोड ७० लाख पाउन्डको जरिबाना

  • Technology Khabar | १४ मंसिर २०७८, मंगलवार
फेसियल रिकग्निशन फर्म क्लियरभ्यू एआईमाथि १ करोड ७० लाख पाउन्डको जरिबाना

काठमाडौं ।

एउटा अस्ट्रेलियाली प्रविधि संस्थामाथि व्यक्तिगत विवरण दुरुपयोग गरेको आरोपमा १ करोड ७० लाख पाउन्ड जरिबाना गरिएको छ।

उक्त संस्थासँग १० अर्ब फेसियल इमेजसम्बन्धी डाटाबेस रहेको दावी गरिएको छ।

बेलायतको सूचना आयुक्तको कार्यालयले क्लियरभ्यू एआई नामक उक्त संस्थाको फेसियल रिकग्निशन सफ्टवेयर प्रहरीले दुरुपयोग गरेको संकेत पाएकामा चिन्ता व्यक्त गरेको बताएको छ।

उक्त नियामक संस्थाले क्लियरभ्यूलाई बेलायतको व्यक्तिगत डाटा प्रशोधन रोक्न तथा डिलिट गर्न निर्देशन दिएको छ। यसै सम्बन्धमा क्लियरभ्यूले भने नियामकको दावी ‘तथ्यगत तथा कानूनी’ रुपमा पनि सही नभएको बताएको छ।

कम्पनीले यसका विरुद्ध पुनरावेदन गर्ने र आवश्यक कदमका लागि पहल गर्ने बताएको छ।

कम्पनीले यसअघि पनि अस्ट्रेलियाली गोपनीयता नीति उल्लङ्घन गरेकोमा मुद्दा खेपिरहेको र यसको फैसला कुरिरहेको छ।

प्रकाशित: १४ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार