
काठमाडौं ।
एप्पलले आफ्नो नयाँ हेडसेट आउँदो वर्ष सार्वजनिक गर्ने भएको छ। यो डिभाइस एआर अर्थात् अग्मेन्टेड रियालिटीमा आधारित हुने बताइएको छ।
लगभग ५ वर्षअघि एप्पल वाच क्याटेगरीका सामग्री सार्वजनिक गरेयता कम्पनीले कुनै नयाँ प्रकारको डिभाइस उपलब्ध गराएको छैन।
ब्लूमबर्गका मार्क गर्मनले आफ्नो पावर अन न्युजलेटरको पछिल्लो संस्करणमा एप्पलले सन् २०२२ मा हेडसेट ल्याउने योजना बनाएको तर यो डिभाइस उपभोक्ताको हातमा पर्न भने समय लाग्ने उल्लेख गरेका हुन्।
उक्त रिपोर्टमा यसअघि वास्तविक आईफोन, आईप्याड तथा एप्पल वाचको बेला भए झैं स्थिति दोहोरिन सक्ने बताइएको छ।
उनले एप्पलको पहिलो हेडसेटको डिजाइन जटिल र परिवर्तन गर्न मिल्ने लेन्सहसितको हुने उल्लेख गरेका छन्। कम्पनीले सम्भावित लेन्सका लागि विश्वका सरकार र थुप्रै निर्माताहरुसँग नयाँ र जटिल प्रविधिका बारेमा साझेदारी गर्न सक्ने बताइएको छ।
प्रकाशित: १४ मंसिर २०७८, मंगलवार