
काठमाडौं ।
चर्चित एके ४७ असल्ट राइफल निर्माता कम्पनीले अब आफ्नो ध्यान इलेक्ट्रिक भेहिकलमा केन्द्रित गरिरहेको रिपोर्ट आएको छ।
एके४७ असल्ट राइफल बनाउने कालाश्निकोभ (Kalashnikov) नामक कम्पनी आफ्नो राइफल, हतियार, मानवरहित सवारी साधन र सैन्य रोबोट निर्माणका लागि विश्वभर चिनिन्छ। यो थाहा पाउँदा अचम्म लाग्न सक्छ कि यो कम्पनीको चासो पनि विद्युतीय सवारीसाधनमा आजबाट नभई सन् २०१८ देखि नै रहेको छ।
तीन वर्षअघि यो कम्पनीले आफ्नो विद्युतीय अवधारणा सीभी १ (CV-1) ल्याएको थियो। त्यसपछि कम्पनीले यूभी ४ (UV-4) ईभीलाई प्रोटोटाइपको रूपमा विकास गर्ने योजना खुलायो।
कम्पनीले अब आफ्ना दुई पेटेन्ट ईभी डिजाइनहरू अनावरण गरेको छ। यी उही डिजाइनहरू हुन् जुन २०१८ मा देखाइएको थियो। तर नयाँ डिजाइनमा केही सुधार गरिएको छ।
कारस्कूपको रिपोर्ट अनुसार, यी ईभीहरु भर्खरै रूसी प्याटेन्ट अफिसमा दायर गरिएको थियो। यी मध्ये एउटाको नाम यूभी ४ राखिएको छ, तर अर्को पेटेन्टको बारेमा केहि जानकारी छैन, जून पहिले कहिल्यै नदेखेको तीन पाङ्ग्रे गाडी हो।
यूभी ४ एक इलेक्ट्रिक चार पाङ्ग्रे सवारी साधन हो जुन रग्ड डिजाइनका साथ बलियो देखिन्छ। कारमा मिलिटरी ग्रेड डोर जडान गरिएको छ। कारको लम्बाइ १३३.८ इन्च र चौडाइ ५९ इन्च छ भने कारको उचाइ ७० इन्च छ।
कारको भित्री भाग कस्तो हुनेछ भन्ने बारे धेरै विवरणहरू छैनन्। तर, यो विद्युतीय गाडीमा एयर कन्डिसनिङ, साउन्ड सिस्टम र एडजस्टेबल सस्पेन्सन जस्ता सुविधाहरू हुने अपेक्षा गरिएको छ । यो भनिएको छ कि यूभी ४ लाई पावर गर्न ६७ एचपीको एकल इलेक्ट्रिक मोटरसंग सुसज्जित गरिएको छ। कारको उच्च गति ८० किमी प्रति घण्टा छ र अधिकतम रेन्ज १४९ किमी दिन्छ।
कहिल्यै उल्लेख नगरिएको तीन पाङ्ग्रे गाडीको बारेमा कुरा गर्दा, जसको अगाडिको डिजाइन यूभी ४ जस्तै छ, तर यसमा ढोका छैन्।
कालाश्निकोभले यी विद्युतीय सवारी साधन कहिले उपलब्ध हुने र तिनको मूल्य कति हुने भन्ने बारेमा केहि खुलासा गरेको छैन्। प्याटेन्ट फाइलिङको प्रक्रिया सकिएपछि छिट्टै उनीहरुको उत्पादन सुरु हुने विश्वास गरिएको छ। एजेन्सीहरुका साथ
प्रकाशित: १४ मंसिर २०७८, मंगलवार