ट्विटर मोबाइलको सुस्तता प्रतिबन्धित सामग्री नहटाएसम्म जारी रहन्छ: रुस

  • Technology Khabar | १३ मंसिर २०७८, सोमबार
ट्विटर मोबाइलको सुस्तता प्रतिबन्धित सामग्री नहटाएसम्म जारी रहन्छ: रुस

काठमाडौं ।

रुसले हाल चलिरहेको ट्विटर मोबाइलको गति सुस्त हुने प्रवृत्ति राज्यले आवैध मानेर प्रतिबन्ध लगाएका सामग्री नहटाउन्जेल निरन्तर रहने बताएको छ।

राज्यका सञ्चार नियामक रोस्कोम्नाजोरले रोयटर्सलाई बताए अनुसार मस्कोले ठूला प्रविधि कम्पनीहरुलाई राज्यले अवैध ठहर्याएका सामग्री हटाउन निर्देशन दिएकाले नहटाउन्जेल यो प्रवृत्ति रहिरहने छ।

रुसी अधिकारीहरुले हालै ठूला प्रविधि कम्पनीहरुमाथि सामग्रीसम्बन्धी नियम उल्लङ्घनका लागि साना जरिबाना लगाउँदै कडाइ गरिरहेको छ। यसबाहेक विदेशी प्रविधि कम्पनीहरुलाई रुसी भूमिमै कार्यालय स्थापना गरेर त्यहाँको व्यक्तिगत विवरण देशभित्रै भन्डारण गर्न निर्देशन पनि दिएको छ।

यसै सिलसिलामा बाल याैनजन्य सामग्री, लागुऔषध दुर्व्यसन तथा नाबालिगहरुलाई आत्महत्या गर्न उक्साउने खालका सामग्री राखिएकाले रुसमा ट्विटरको गति गत मार्चयता सुस्त बनाइएको नियामक रोस्कोम्नाजोरले बताए।

प्रकाशित: १३ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार