स्थानीय तहमा २० एमबिपिएसको इन्टरनेट सेवा पुर्याउँदै प्राधिकरण, ३३८ ओटासँग समझदारी सम्पन्न

  • Technology Khabar | १३ मंसिर २०७८, सोमबार
स्थानीय तहमा २० एमबिपिएसको इन्टरनेट सेवा पुर्याउँदै प्राधिकरण, ३३८ ओटासँग समझदारी सम्पन्न

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहमा पुर्याउने भनिएको २० एमबिपिएसको ब्रोडब्याण्ड इन्टरनेटको लागि हालसम्म कुल ३३८ स्थानीय तहसँग समझदारी गरेको छ।

ग्रामिण दूरसञ्चार विकास कोषको रकम परिचालित गरि प्राधिकरणले भुकम्प अति प्रभावित ८ जिल्लाहरुका साथै काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लाहरुका विद्यालयहरुमा २० एमबिपिएसको तिब्रगतिको ब्रोडब्याण्ड पुर्याउने विभिन्न योजनाअनुसार हालसम्म ३३८ स्थानीय तहहरुसँग समझदारी पत्रमा हस्ताक्षर  गरिसकेको जनाएको छ ।

भुकम्प अति प्रभावित ८ जिल्लाहरुमा प्राधिकरणले सबै स्थानीय तहको कार्यालयहरु, वडा कार्यालयहरु, सामुदायिक माध्यमिक विद्यालयहरु, सामुदायिक स्वास्थ्य संस्थाहरुमा क्षमता अभिवृद्धि गर्न र जडान गर्न तथा सम्पूर्ण सामुदायिक आधारभूत विद्यालयहरुसहित करिब ४ हजार २५१ स्थानहरुमा २० एमबिपिएसको नन डेडिकेटेड इन्टरनेट २ वर्षसम्म प्राधिकरणले उपलब्ध गराउनेछ।

यसको लागि प्राधिकरणले स्थानीय तहले लिएको सेवाको आधारमा सेवाको महशुल भुक्तानी दिनेछ । जसको लागि हाल प्राधिकरणले काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली रामेछाप र ओखलढुंगाका ७६ ओटा स्थानीय निकायहरुमध्ये ७१ ओटासँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेकोछ ।

त्यसैगरी माथि उल्लेखित ८ जिल्ला र काठमाडौं उपत्यका बाहेकका ६६ जिल्लाका सबै आधारभूत सामुदायिक विद्यालयहरुमा समेत प्राधिकरणले २० एमबिपिएसको इन्टरनेट उपलब्ध गराउँदैछ । यसको लागि प्राधिकरणले कुल ६५६ मध्ये २६७ स्थानीय निकायहरुसँग समझदारी पत्रमा हस्ताक्षर भएको जनाएको छ।

प्रकाशित: १३ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार