मिडियाटेकको डाइमेन्सिटी ९००० चिपसेटको मूल्य यसअघिको भन्दा दोब्बर पर्ने

  • Technology Khabar | १३ मंसिर २०७८, सोमबार
मिडियाटेकको डाइमेन्सिटी ९००० चिपसेटको मूल्य यसअघिको भन्दा दोब्बर पर्ने

काठमाडौं ।

मिडियाटेकको पछिल्लो डाइमेन्सिटी ९००० चिपसेटको मूल्य यसैको अघिल्लो संस्करणको तुलनामा दोब्बर पर्ने भएको छ।

गत हप्ता घोषणा भएको मिडियाटेकको डाइमेन्सिटी ९००० चिपसेट ४ एनएम प्रोसेसमा बन्ने पहिलो चिपसेट हुनेछ।

यसै क्रममा क्वालकमले पनि आफ्नो आगामी उच्च कार्यक्षमतायुक्त फ्ल्यागशिप चिपसेट आउँदो हप्ताको टेक समिटका क्रममा घोषणा गर्न सक्ने अपेक्षा गरिएको छ।

भरपर्दा लिकस्टर डिजिटल च्याट स्टेशनको रिपोर्ट अनुसार मिडियाटेकको डाइमेन्सिटी ९००० चिपसेटको मूल्य कम्पनीकै यसअघिका फाइभजी चिपसेटहरुका तुलनामा दोब्बर पर्न आउने देखिएको छ।

यसको मतलब यसअघिका डाइमेन्सिटी १२०० चिपसेटयुक्त स्मार्टफोनका तुलनामा डाइमेन्सिटी ९००० चिपसेटयुक्त हाइ-इन्ड स्मार्टफोनहरुको मूल्य पनि त्यसै हिसाबले बढ्ने आकलन गर्न सकिन्छ।

उक्त रिपोर्टमा डाइमेन्सिटी ९००० को मूल्य डाइमेन्सिटी १२०० को तुलनामा दोब्बर पर्ने र क्वालकमको एस८ जेन१ भने मिडियाटेकको यो चिपसेट भन्दा अझ महंगो हुने पनि उल्लेख गरिएको छ। लिकस्टरका  अनुसार ५ एनएम प्रोसेसमा बनेको डाइमेन्सिटी ७००० चिपसेट आउँदो वर्षको पहिलो त्रैमाससम्म देख्न सकिनेछ।

प्रकाशित: १३ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १३ मंसिर २०७८, सोमबार