शाओमी, ओपो, भिभोको साटो चीनमा आईफोन किन्दै ग्राहक, आईफोन १३ सिरिजमा देखियो क्रेज

  • Technology Khabar | १३ मंसिर २०७८, सोमबार
शाओमी, ओपो, भिभोको साटो चीनमा आईफोन किन्दै ग्राहक, आईफोन १३ सिरिजमा देखियो क्रेज

काठमाडौं ।

चिनियाँ स्मार्टफोनहरु नेपालसहित मध्यम आय भएका देशमा निकै लोकप्रिय छन्। जहाँ शाओमी, भिभो, ओपो, रियलमी धेरै नै बिक्री हुने स्मार्टफोन ब्रान्ड हुन्।

तर के तपाईँलाई थाहा छ जुन देशमा यी ब्रान्डहरूको आधार छ र उत्पादन हुन्छन् त्यहाँका मानिसहरू यी फोनहरू किन्न मन पराउँदैनन्। यसको सट्टा, मानिसहरू आईफोन १३ श्रृंखलाको बारेमा क्रेजी छन् र एप्पलका फोनहरू किनिरहेका छन्।

अक्टोबर २०२१ को रिपोर्ट अनुसार, एप्पल चीनमा ओपोलाई पछि पार्दै शीर्ष स्मार्टफोन ब्रान्ड बनेको छ। स्मार्टफोनहरु मध्ये एप्पलको आइफोन चीनमा सबैभन्दा बढी रुचाइएको छ।

अनुसन्धान फर्म काउन्टरपोइन्टको रिपोर्टअनुसार अक्टोबर महिनामा आईफोन १३ सिरिजका स्मार्टफोनमा अघिल्लो महिनाको तुलनामा ४६ प्रतिशतले वृद्धि भएको छ। योसँगै चीनका शीर्ष प्रविधि कम्पनी ह्वावे, भिभो, ओपो शीर्ष स्मार्टफोन ब्राण्ड बन्न चुकेका छन् ।

एप्पलले ओपो र भिभोलाई पछाडि छोडेको छ
यस वर्षको मार्चमा, ओपो चीनको सबैभन्दा ठूलो स्मार्टफोन कम्पनीको रूपमा उभिएको थियो। तर मार्च २०२१ मा, भिभो शीर्ष सूचीमा बस्न सफल भयो। तर अक्टोबरमा यी सबै कम्पनीलाई पछि पार्दै एप्पल चीनको अग्रणी स्मार्टफोन कम्पनी बनेको छ ।

डिसेम्बर २०१५ पछि  एप्पल चीनमा शीर्ष स्मार्टफोन ब्रान्डको रूपमा उभिएको यो पहिलो पटक हो। रिपोर्टका अनुसार ह्वावे केही समयदेखि प्रिमियम स्मार्टफोन बजारबाट बाहिरिएको छ। पछिल्लो ५ देखि ६ महिनामा ह्वावेको बजार सेयरमा ठूलो गिरावट आएको छ । यसको प्रत्यक्ष फाइदा एप्पलले पाएको छ।

प्रकाशित: १३ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार