
काठमाडौं ।
वन प्लस १० प्रो को बारेमा लामो समयदेखि चर्चा चलिरहेको थियो, र अब यस फोनका फिचरहरू लीक भएका छन्। यो फ्ल्यागशिप वनप्लस स्मार्टफोन जनवरी वा फेब्रुअरीमा लन्च हुने अपेक्षा गरिएको छ।
९१ मोबाइल्सकाअनुसार यो फोनमा क्वालकमको स्न्यापड्रागन ८ जेन १ (Snapdragon 8 Gen 1) प्रोसेसर राखिनेछ र यसलाई अर्को वर्षको सुरुमा चीनमा लन्च गर्न सक्नेछ। लीकका अनुसार कम्पनीले वनप्लस १० सिरिज २०२२ को पहिलो क्वाटरमा लन्च गर्नेछ।
वन प्लस १० प्रोको स्पेसिफिकेशनको बारेमा कुरा गर्दा, यसमा १२० हर्ज रिफ्रेस रेटको साथ ६.७ इन्चको क्वाड एचडी प्लस डिस्प्ले दिइएको छ। यो फोनमा ८जीबी तथा १२ जीबी र्याम र १२८ जीबी तथा २५६जीबी स्टोरेज हुनेछ।
क्यामरा तर्फ फोनमा ३२-मेगापिक्सेल फ्रन्ट-फेसिङ स्न्यापर फिचर गर्नेछ जुन सामान्य १६ मेगापिक्सेल स्न्यापर भन्दा अपग्रेड हो। यो एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा आधारित अक्सिजन ओएस १२ मा रहेर चल्ने बताइएको छ । फोन ५,००० एमएएच ब्याट्रीद्वारा संचालित हुनेछ र १२५ वाटको फास्ट चार्जिङ सपोर्ट हुने चर्चा छ।
डिजाइनको सन्दर्भमा, वन प्लस १० प्रो लाई वनप्लस र हासेलब्लाड ब्रान्डिङमा पछाडिको स्क्वायर क्यामरा मोड्युलको साथ प्रस्ताव गर्न सकिनेछ। यसको माथिल्लो भागमा घुमाउरो किनारहरू र सेल्फी स्न्यापर राख्नको लागि माथिल्लो बायाँ कुनामा पंच-प्वाल कटआउट हुनेछ। अलर्ट स्लाइडर र पावर बटन दायाँ किनारामा हुनेछ जबकि भोल्युम रकर बायाँ भागमा हुन सक्छ। यूएसबी टाइप-सी पोर्ट, सिम ट्रे र स्पिकर ग्रिल तल राखिनेछ।
रिपोर्टका अनुसार वन प्लस १० प्रो आधिकारिक रूपमा चीनमा जनवरीको अन्त्यमा वा फेब्रुअरीको शुरुमा लन्च हुनेछ र पछि यो उपकरण अन्य बजारहरूमा पनि प्रस्तुत हुने बताईएको छ।
प्रकाशित: १२ मंसिर २०७८, आईतवार