स्मार्ट लाइसेन्सको छपाइ सुरु हुने

  • Technology Khabar | १२ मंसिर २०७८, आईतवार
स्मार्ट लाइसेन्सको छपाइ सुरु हुने

काठमाडौं ।

करिब छ महिनासम्म स्थगित भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु हुने भएको छ।

फ्रान्सको सेल्प कम्पनीले सम्झौताअनुसार १४ लाखप्रति कार्ड उपलब्ध गराएपछि छपाइ कार्य सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले कार्ड अभाव भएपछि अति आवश्यक सवारी चालक अनुमतिपत्र मात्र छपाइ गर्दै आएको थियो ।

विभागले १४ लाखप्रति कार्ड आएपछि छपाइ कार्य तीव्र बनाइने जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले भने, “कार्ड आइपुग्यो, छपाइको नमुना परीक्षण गर्छौं। अर्को हप्ताबाट छपाइ सुरु हुनेछ । ”

करिब दुई वर्षदेखि छाप्न बाँकी रहेका सात लाखप्रति सवारी चालक अनुमतिपत्रलाई प्राथमिकता दिइने बताइएको छ।

उनकाअनुसार दैनिक रूपमा आउने मागलाई दैनिक कार्यतालिका अनुसार नै छपाइ गर्न सकिने छ।

छपाइ सुरु भए पनि सेवाग्राहीले तुरुन्तै सवारी चालक अनुमतिपत्र पाउने अवस्था छैन। विभागले डेढ वर्षअघि ल्याएको नयाँ मेसिनले प्रतिघण्टा ४५० वटासम्म सवारी चालक अनुमतिपत्र छपाइ गर्न सक्छ।

तीन चरणमा दैनिक २१ घण्टा चलाए नौ हजार सवारी चालक अनुमतिपत्र छापिन्छ। जसअनुसार महिनामा साढे दुई लाखप्रति छापिन्छ। सात लाखप्रति छाप्न करिब तीन महिना लाग्ने छ। तीन सिफ्टमा छाप्ने योजना रहेको विभागले जनाएको छ।

दैनिक रूपमा करिब पाँच हजारप्रति सवारी चालक अनुमतिपत्रको नयाँ माग छ। २०७२ सालमा स्मार्ट सवारी चालक अनुमतिपत्र लागू भएपछि छपाइ काम निकै सुस्त हुँदै आएको छ। ग्लोबल टेण्डर प्रक्रिया नै ढिला गरी खुला गरिएकाले कार्डको अभाव हुन गएको विभागले जनाएको छ। गोरखापत्र

प्रकाशित: १२ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार