मस्क समर्थित स्टारलिंकको सेवा इजाजत नपाएसम्म नलिन भारतमा सरकारको सुझाब

  • Technology Khabar | १२ मंसिर २०७८, आईतवार
मस्क समर्थित स्टारलिंकको सेवा इजाजत नपाएसम्म नलिन भारतमा सरकारको सुझाब

काठमाडौं ।

भारत सरकारले अर्बपति इलन मस्कको स्पेसएक्स एयरोस्पेस कम्पनीको डिभिजन स्टारलिंक इन्टरनेट सेवाहरूको सदस्यता नलिन मानिसहरूलाई सल्लाह दिएको छ।

सो कम्पनीसँग भारतमा इन्टरनेट सेवाहरू सञ्चालन गर्ने इजाजतपत्र नभएको भन्दै सो सल्लाह दिएको रोयटर्सले उल्लेख गरेको छ।

शुक्रबार ढिलो जारी गरिएको सरकारी विज्ञप्तिमा भनिएअनुसार स्टारलिंकलाई नियमहरूको पालना गर्न र “भारतमा तत्काल प्रभाव हुनेगरी स्याटेलाइट इन्टरनेट सेवाहरू बुकिङ/रेन्डर गर्न” बाट टाढै रहन भनिएको थियो।

स्टारलिंकले नोभेम्बर १ मा भारतमा आफ्नो व्यवसाय दर्ता गरेको थियो। यसले भारतमा विज्ञापन गर्न थालेको छ, र सरकारका अनुसार, यसले आफ्नो सेवा पूर्व बिक्री सुरु गरेको छ।

यस बारेमा स्टारलिंकले भने अहिलेको लागि कुनै टिप्पणी नगर्ने बताएको छ।

बढ्दो संख्यामा कम्पनीहरूले लो अर्थ अर्बिटमा परिक्रमा गर्ने नेटवर्कको भागको रूपमा संसारभरि लो लेटेन्सीसहित ब्रोडब्यान्ड इन्टरनेट सेवाहरू प्रदान गर्न साना स्याटेलाइटहरू प्रक्षेपण गर्दैछ। जसमा, दूर्गम क्षेत्रहरूलाई विशेष फोकस गरेको छ, जहाँ सतही इन्टरनेट पूर्वाधार पुगेको छैन्।

प्रकाशित: १२ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १२ मंसिर २०७८, आईतवार