
काठमाडौं ।
महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम आयोन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो शुक्रबार एक समारोहबीच धनगढीमा सार्वजनिक गरिएको छ।
बुटवल, चितवन, हेटौंडा लगायतका ठाँउहरुमा अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स ९इभी०का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरे लगतै क्याम्पस रोड, धनगढी, कैलालीमा पनि मंसिर १० गते सार्वजनिक गरेको छ। महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट रु. ८ लाख ४० हजार मूल्य रहेको छ ।
महिन्द्रा ट्रियो १० हजारभन्दा बढी थान बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो। सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेकोे कम्पनीले जनाएको छ।
ट्रियो सार्वजनिक कार्यक्रममा अग्नि इनर्जीका धनगढीका लागि आधिकारिक बिक्रेता सेन्ट्रल अटो जोन प्रालिका प्रबन्ध निर्देशक बि एण्ड ए अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक अभिनाश चौधरी, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, महिन्द्रा एलएमएमका निर्यात प्रमुख हिमांशु अग्रवाल तथा अग्नि इनर्जीका वरिष्ठ कार्यकारी व्यवस्थापक प्रमोद पोखरेलका साथै धनगढी उपमहानगरपालिका वडा सदस्यहरुलगायतको उपस्थिति थियो।
प्रकाशित: ११ मंसिर २०७८, शनिबार