सिभिल बैंकको एघारौँ वार्षिकोत्सव, ‘एक घण्टी झ्याप्प पेमेन्ट’ र भर्चुअल डलर कार्ड सेवा शुभारम्भ

  • Technology Khabar | ११ मंसिर २०७८, शनिबार
सिभिल बैंकको एघारौँ वार्षिकोत्सव, ‘एक घण्टी झ्याप्प पेमेन्ट’ र भर्चुअल डलर कार्ड सेवा शुभारम्भ

काठमाडौं ।

सिभिल बैंक लिमिटेडले प्रधान कार्यालयमा विभिन्न सेवाहरूको थालनीको साथै विविध कार्यक्रमहरूको आयोजना गरी एघारौँ वार्षिकोत्सवको गरी मनाएको छ।

बैंकको प्रधान कार्यालयमा प्रायोरिटी बैंकिग सेवाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेले तथा कल सेन्टर सेवा र मिस्ड कल बैंकिङ ‘एक घण्टी झयाप्प पेमेन्ट’ सेवाको शुभारम्भ बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरे।

त्यस्तै बैंकले केवल एक मिस कलबाट नै विजुलीको महशुल भुक्तानी हुने सेवाको सुरुवात गरेको छ।

बैंकले सिभिल बैंक ईन्टरनेशनल भर्चुअल डलर कार्ड सेवाको शुभारम्भ पनि गरेको छ । १०० देखि ५०० डलरसम्म लिन सकिने भर्चुयल डलर कार्डको उपयोग अन्तराष्ट्रिय सेवा तथा वस्तुहरु अनलाईन मार्फत खरिद गर्न सकिने छ।

बैंकले सिभिल भर्चुअल असिस्टेन्ट “सिभा”को शुभारम्भ पनि गरेको छ। निक्षेपकर्ताहरुको जिज्ञासाको तुरुन्तै समाधान गर्न तथा विविध बैंकिंग सेवाको विना झन्झट आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट सम्पादन गर्ने च्याटबट सिभिल भर्चुअल असिस्टेन्ट “सिभा”को उद्घाटन गरिएको बैंकले जनाएको छ।

वार्षिकोत्सवको अवसरमा देशभर छरिएका बैंकका मुख्य शाखा सहित ३८ स्थानमा ५९ शाखाहरुको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

बैंकले विविध सेवाहरूको थालनी गरेको छ । प्रायोरिटी बैंकिङ सेवाको उद्घाटन, बैंकले विशेष व्यक्तिगत निक्षेपकर्ताहरूका लागि झन्झटरहित तथा समर्पित बैंकिङ सेवाका लागि प्रायोरिटी बैंकिङ सेवाको थालनी गरेको छ ।

प्रकाशित: ११ मंसिर २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार