टेस्ला मोडल ३ पगालेर क्याभियरले बनायो इलन मस्कको प्रतिमा र कस्टम आईफोन

  • Technology Khabar | १० मंसिर २०७८, शुक्रबार
टेस्ला मोडल ३ पगालेर क्याभियरले बनायो इलन मस्कको प्रतिमा र कस्टम आईफोन

काठमाडौं ।

लक्जरी सामान निर्माता कम्पनी क्याभियरले हालै टेस्लाको मोडल ३ कारको धातु पगालेर त्यसबाट इनल मस्कको अर्धकदको प्रतिमा तथा कस्टम आईफोन बनाएको छ।

क्याभियरले बनाउने फोनहरुमा सुन, हीरा, महंगा छाला तथा कहिलेकाही मार्बल पनि लगाइएको हुन्छ।

तर हालै कम्पनीले यी चिजहरुभन्दा बाहेक स्पेसएक्सद्वारा निर्मित मोडल ३ कारको धातुलाई पगालेर आईफोनलाई कस्टम गर्ने तथा इलन मस्कको अर्धकदको प्रतिमा बनाउने काम गरेको छ।

क्याभियरले हालै कस्टम गरेको आईफोनको नाम आईफोन १३ प्रो म्याक्स टेस्ला इलेक्ट्रो दिइएको छ भने यसलाई बाहिरबाट टाइटानियम र कालो पीभीडी कोटिङले ढाकिएको छ।

यसरी बनेको आइफोनमा लगाइएको प्यानल टेस्लाको कारको धातुबाट बनेको हो जसमा इलन मस्क, टेस्लाको लोगो तथा कारको चित्र पनि कुँदिएको छ। त्यसमाथि एउटा तामाको तार राखिएको छ जसले यस्ता विद्युतीय कारहरु सम्भव भएको कुराको संकेत गर्दछ।

क्याभियरले यस्ता टेस्ला इलेक्ट्रो फोनहरु जम्मा ९९ ओटा मात्र बनाएको र यसको शुरुवाती मूल्य ६ हजार ७६० डलर रहेको छ।

प्रकाशित: १० मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १० मंसिर २०७८, शुक्रबार