डाटा उल्लंघनको कारण टेन्सेन्टलाई चीनमा नयाँ एपहरू जारी गर्न प्रतिबन्ध

  • Technology Khabar | १० मंसिर २०७८, शुक्रबार
डाटा उल्लंघनको कारण टेन्सेन्टलाई चीनमा नयाँ एपहरू जारी गर्न प्रतिबन्ध

काठमाडौं ।

चीनको सामाजिक सञ्जाल जायन्ट टेन्सेन्ट होल्डिङ्सले आफ्ना धेरै उत्पादनहरूले उपभोक्ता हितको उल्लङ्घन गरेको आरोप लागेपछि नियामकहरूको स्वीकृति बिना नयाँ मोबाइल एपहरू जारी गर्न र अवस्थित एपहरू अद्यावधिक गर्नबाट निलम्बन गरिएको छ।

यो आदेश टेन्सेन्टको बिरूद्ध “अस्थायी प्रशासनिक मार्गदर्शन” को एक हिस्सा हो जसअन्तरगत नियामकहरूले देशको इन्टरनेट क्षेत्रको छानबिनलाई बढावा दिन्छ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले एप स्टोर र प्लेटफर्महरूलाई सो आदेशलाई तुरुन्त कार्यान्वयन गर्न भनेको छ।

टेन्सेन्टले विश्वभर १.२ अर्ब प्रयोगकर्ताहरू होस्ट गर्ने वीच्याट लगायत दर्जनौं एपहरू सञ्चालन गर्दछ। हाल रहेका एपहरू कार्यात्मक र डाउनलोडका लागि उपलब्ध भएको टेन्सेन्टले बताएको छ।

प्रकाशित: १० मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार