रियलमीको सब-ब्राण्ड डिजोले भारतीय बजारमा १० लाख ग्राहकहरु पुर्यायो

  • Technology Khabar | १० मंसिर २०७८, शुक्रबार
रियलमीको सब-ब्राण्ड डिजोले भारतीय बजारमा १० लाख ग्राहकहरु पुर्यायो

काठमाडौं ।

रियलमीको सब ब्राण्ड डिजो(DIZO)ले गत हप्ता पहिलो बिक्रीको ४० दिन भित्र भारतमा डिजो वाच २ को १ लाख इकाइहरू बेचेको खुलासा गरेको छ।

कम्पनीले मे २५, २०२१ मा डेब्यु गरेको पाँच महिनाभित्र भारतमा १० लाखभन्दा बढी ग्राहकहरू पुगेकोमा बुधबार अर्को सफलता मनाएको छ।

भारतमा डिजोको हालको उत्पादन पोर्टफोलियोमा वायरलेस इयरफोन, स्मार्टवाचहरू र फिचर फोनहरू समावेश छन्। यसले हेयर ड्रायर र बियर्ड ट्रिमर पनि बेच्दछ। तर डिजोले कुन उत्पादनले सबैभन्दा बढी आम्दानी गरायो भन्ने जानकारी खुलासा नगरेको बेला कम्पनीले भन्यो, “डिजो वाच २ डिजो गोपड्स डी,डिजो वायरलेस,डिजो बड्स जेड  र फीचर फोनहरू लगायतका उत्पादनहरू सकिएका छन्।”

डिजो उत्पादनहरू फ्लिपकार्टमार्फत भारतमा अनलाइन खरिदका लागि उपलब्ध भने अफलाइनमा देशभरका खुद्रा स्टोरहरूबाट बेच्ने गर्दछ।

यो ब्राण्ड युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र केही एशियाली देशहरूमा पनि छ।

डिजो हाल नेपाली बजारमा उपलब्ध छैन् तर कम्पनीले केहि समयभित्रै यो नयाँ लाइनअप ल्याउने तयारी गरेको छ। कम्पनीले यसअघि नै नेपालमा यो ब्राण्ड र यससँगको ट्रेडमार्क दर्ता गरिसकेको हुँदा यो आउने संभावना निकै रहेको छ।

प्रकाशित: १० मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...