
काठमाडौं ।
माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालयमा ‘मोबाईल लकर’को व्यवस्था गरेको छ। बैंकले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई उक्त मोबाइल लकर हस्तान्तरण गरेको हो।
नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिको मंसिर ९ गते भएको एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोईराला र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले उक्त मोबाईल लकरको उद्घाटन गरेका हुन् ।
बैंकले नारायणहिटी दरबार संग्रहालय घुम्न आउनेहरुको लागि मध्यनजर गर्दै उक्त व्यवस्था गरेको हो। यससँगै अब दरबार संग्रहालय घुम्न जाने आगन्तुकहरुले आफ्नो मोबाईल फोन लकरमा सुरक्षित राखी निस्फित्री भएर भ्रमण गर्न सक्ने बैंकले जनाएको छ।
प्रकाशित: ९ मंसिर २०७८, बिहीबार