यी हुन् उत्कृष्ट १० मा परेका इन्टरनेट सेवा प्रदायक, कसको ग्राहक सङ्ख्या कति?

  • Technology Khabar | ९ मंसिर २०७८, बिहीबार
यी हुन् उत्कृष्ट १० मा परेका इन्टरनेट सेवा प्रदायक, कसको ग्राहक सङ्ख्या कति?
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्मको एमआईएस प्रतिवेदन हालै सार्वजनिक गरेको छ।

दूरसञ्चार क्षेत्रका थुप्रै जानकारीहरु उपलब्ध उक्त प्रतिवेदनमा असोज महिनासम्म नेपालका इन्टरनेट सेवा प्रदायकहरु तथा तिनीहरुले बनाएक ग्राहक सङ्ख्या पनि समावेश गरिएको छ।

प्रतिवेदनमा नेपालमा इन्टरनेट सेवा दिँदै आएका नयाँ र पुराना गरी ४८ प्रदायकहरुको नाम र अद्यावधिक ग्राहक सङ्ख्या दिइएको छ।

तिनै आँकडा अनुसार असोज महिनामा कुन कुन इन्टरनेट सेवा प्रदायक ग्राहक उत्कृष्ट १० मा परे त? हेर्नुहोस् विस्तृतमा:

१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड- ५, ४२, ७५८

भाद्र मसान्त – ५, ४३, ०४८असोज मसान्त – ५, ४२, ७५८कमी –  २९०

२०७८ भाद्र मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको जम्मा ग्राहक सङ्ख्या ५ लाख ४३ हजार ४८ रहेकोमा असोज मसान्तसम्म आइपुग्दा केही घटेर ५ लाख ४२ हजार ७५८ मा आएको छ। यो आँकडा भदाै मसान्तको तुलनामा २९० ले कम हो।

२. सुविसु केबलनेट प्रालि २, ३७, ०६३

भाद्र मसान्त- २,३४, ३२२असोज मसान्त – २, ३७, ०६३वृद्धि – २, ७४१

सुविसु केबलनेट प्रालिको जम्मा ग्राहक सङ्ख्या २ लाख ३७ हजार ६३ पुगेको छन्। यो सङ्ख्या भदाै मसान्तसम्म २ लाख ३४ हजार ३२२ रहेको थियो।

यस हिसाबले हेर्दा एक महिनामा सुबिसुले २ हजार ७४१ ग्राहक थपेर दोस्रो स्थानमै अडिग रहन सफल भएको देखिन्छ।

३. क्लासिकटेक प्रालि – १, ८१, ३६८

भाद्र मसान्त – १, ६०, १७३असोज मसान्त – १, ८१, ३६८वृद्धि – २१, १९०

उत्कृष्ट १० को सूचीमा अघिल्लो महिना चाैथो नम्बरमा रहेको क्लासिकटेक प्रालिको भदाै महिनासम्मको कुल ग्राहक सङ्ख्या १ लाख ६० हजार १७३ रहेको थियो।

असोज मसान्तसम्मको एक महिनाको अवधिमा २१ हजार १ सय ९० वृद्धि भएर १ लाख ८१ हजार ३६८ पुगेको छ।

४.भायानेट प्रालि – १, ६३, ४२१

भाद्र मसान्त – १, ६०, ६०७असोज मसान्त – १, ६३, ४२१वृद्धि – २, ८१४

१ लाख ६० हजार ६०७ ग्राहक सङ्ख्यासहित भदाैमा तेस्रो नम्बरमा रहेको भायानेट प्रालि एक महिनाको अवधिमा २ हजार ८१४ ग्राहक थपेर असोज मसान्तसम्म १ लाख ६३ हजार ४२१ पुर्याउँदै सूचीको चाैथो नम्बरमा झरेको छ।

५. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि ७४, ०४२

भाद्र मसान्त – ७४, ०४२असोज मसान्त – ७४, ०४२अन्तर – यथावत

कुल ग्राहक सङ्ख्या ७४ हजार ४२ रहेको वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि सूचीको पाँचाैं नम्बरमा अघिल्ला ३ महिनायता यथावत् छ।

उसका ७४ हजार ४२ मध्ये २ हजार ७९१ जना वायरलेसका तथा बाँकी ७१, २५१ जना फाइबरका ग्राहक रहेका छन्। वेबसर्फरका पनि केबल सेवा लिने ग्राहक छैनन्।

६. टेकमाइण्ड्स नेटवर्क प्रालि ६९, ९१३

भाद्र मसान्त – ६६, ५९९असोज मसान्त – ६९, ९१३वृद्धि – ३, ३१४

चितवनमा मुख्य कार्यालय रहेको टेकमाइण्ड्स नेटवर्क प्रालि कुल ६९ हजार ९१३ ग्राहकसहित छैटाैं नम्बरमा यथावत् रहेको छ।

यो सङ्ख्या अघिल्लो महिना अर्थात् श्रावण मसान्तको तुलनामा ३ हजार ३१४ ले बढी हो।

७. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि – ४६, २१८

भाद्र मसान्त – ४६, २१८असोज मसान्त – ४६, २१८अन्तर –  यथावत्

उत्कृष्ट १० को साताैं नम्बरमा यथावत् रहेको ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिका जम्मा ४६ हजार २१८ जना ग्राहक रहेका छन्। ब्रोडलिंकका पनि केबलमार्फत् सेवा लिने ग्राहक छैनन्। यो संख्या अघिल्ला तीन महिनाकोभन्दा फरक छैन।

८. डिश मिडिया नेटर्क ३४, ७४७

भाद्र मसान्त – २९, ४४३असोज मसान्त – ३४, ७४७वृद्धि – ५, ३०४

सूचीको आठाैं नम्बरमा यथावत् रहेको डिश मिडिया नेटवर्कको कुल ग्राहक सङ्ख्या अघिल्लो महिनाको तुलनामा उल्लेख्य बढेर ३४ हजार ७४७ पुगेको छ।

भदाै मसान्तसम्म भने संख्या २९ हजार ४४३ ग्राहक सङ्ख्या रहेकामा १ महिनाको अवधिमा ५ हजार ३०४ ग्राहक वृद्धि गर्दै डिश मिडिया नेटवर्कले यो आँकडा ३४ हजार ७४७ मा पुर्याएको हो।

९. कनेक्ट नेपाल नेटवर्क – १८, ५७०

भाद्र मसान्त – १८, ५७०असोज मसान्त – १८, ५७०अन्तर – यथावत्

सूचीको नवाैं नम्बरमा यथावत् रहेको कनेक्ट नेपाल नेटवर्कको कुल ग्राहक सङ्ख्या १८ हजार ५७० रहेको छ।

यो सङ्ख्यामा अघिल्लो महिनाको तुलनामा कुनै उतारचढाव आएको छैन।

यीमध्ये कनेक्ट नेपाल नेटवर्कले ६० जनालाई वायरलेस सेवा प्रदान गरिरहेको छ भने बाँकी १८, ५१० जनालाई फाइबरमार्फत सेवा दिइरहेको छ।

१०. एरोनेट प्रालि १६, ३६५

भाद्र मसान्त – १५, २९८असोज मसान्त – १६, ३६५वृद्धि – १, ०६७

भदाै महिनासम्ममा जम्मा ग्राहक सङ्ख्या १५ हजार २९८ पुर्याएर सूचीको नवाैं नम्बरमा परेको एरोनेट प्रालि असोज मसान्तमा १ हजार ६७ ग्राहक संख्या थपेर दशाैं स्थानमा यथावत् रहेको छ।

*यो सूची नेपाल दूरसञ्चार प्राधिकरणले अद्यावधिक गरेको २०७८ असोज मसान्तसम्मको एमआईएस तथ्याङ्कमा आधारित छ।

प्रकाशित: ९ मंसिर २०७८, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार