
काठमाडौं ।
मिडियाटेकको चिपसेटमा गत अक्टोबरमा जोखिम भेटिएको चेकप्वाइन्ट रिसर्चले खुलासा गरेको छ।
संस्थाले हालै एउटा श्वेतपत्रमा भेटिएको जोखिमको विवरण दिँदै कम्पनीले यसको समाधान खोजेको उल्लेख गरेको छ।
उक्त जोखिम ‘प्रिभिलेज एस्कलेसन अट्याक’ लाई बढावा दिने खालको रहेको चेक प्वाइन्टले जनाएको छ।
मिडियाटेक चिपको उक्त समस्या विशेषगरी एआई तथा अडियो प्रोसेसिङसँग सम्बन्धित रहेको र यसबाट सही कोडिङ भएका एपहरुले अडियो सिस्टम लेभलको जानकारीसमेत हासिल गर्नसक्ने अवस्था आएको थियो। सामान्यतया यस्ता जानकारीमा एपहरुको पहुँच हुँदैन।
यो जोखिम रहिरहँदा अत्याधुनिक एपहरुले ठूलो हानी पुर्याउन सक्ने देखिएको थियो। चेक्पाइन्टका अनुसार उक्त जोखिम ज्यादै जटिल रहेको र यसलाई समाधान गर्न प्राविधिक टोलीले इन्जिनियरिङ प्रणाली उल्ट्याउनुपरेको थियो।
यसबारेमा अनुसन्धाता तथा मिडियाटेकले यो जोखिमबाट प्रभावित डिभाइसहरुको सूची भने सार्वजनिक गरेको छैन।
चेकप्वाइन्टको श्वेतपत्रमा जोखिम देखा परेका चिपहरु टेनसिलिका एपीयू प्लेटफर्ममा आधारित रहेका उल्लेख गरिएको छ।
प्रकाशित: ९ मंसिर २०७८, बिहीबार