
काठमाडौं ।
उद्योग विभागले आफ्ना सम्पूर्ण काम कारबाहीलाई अटोमेसनमा लाने तयारी गरेको छ।
विभागका महानिर्देशक जिवलाल भुसालले हरेक कामलाई सहज बनाउन विभागलाई पूर्ण अटोमेसन लैजाने तयारी विभागका तर्फबाट भैरहेको जानकारी गराए ।
सातौ औद्योगिक दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा भुषालले अब उद्योगी व्यवसायीले उद्योग दर्ताको प्रमाणपत्र घरमै पाउने बताए।
“विभिन्न प्रशासनिक झन्झटकै कारण पनि केही कामहरु ढिलाई नै हुन सक्छन्, त्यसमा हामी सबैले बुझ्न सक्नुपर्छ,तर अब विभागमा अटोमेसन प्रणालीको विकास गरी सम्पूर्ण कामहरु अनलाइनमार्फत नै गर्ने गरी तयारी भइरहेको छ, उनले भने, “अब उद्योगीहरुले पनि उद्योग दर्ताको प्रमाणपत्र घरमै पाउन सक्नुहुन्छ.”
प्रकाशित: ९ मंसिर २०७८, बिहीबार