भारतमा कक्षा १० का दुई विद्यार्थी पब्जी खेल्न व्यस्त हुँदा रेलको ठक्करबाट मृत्यु !

  • Technology Khabar | ८ मंसिर २०७८, बुधबार
भारतमा कक्षा १० का दुई विद्यार्थी पब्जी खेल्न व्यस्त हुँदा रेलको ठक्करबाट मृत्यु !

काठमाडौं ।

मोबाइल गेमका कारण धेरै दुर्घटना हुने गरेको पाइन्छ । यस्ता मोबाइल गेमको लिस्टमा पब्जी मोबाइल गेमको नाम हाइलाइट हुँदै गइरहेको छ, जसका कारण धेरै युवा तथा किशोरकिशोरीहरू लतका कारण गलत बाटोमा जान्छन् ।

पब्जी गेमसँग जोडिएको एउटा ठूलो खबर भारतबाट अहिले फेरि बाहिर आएको छ। पब्जी गेमका कारण मथुराका दुई विद्यार्थीको ज्यान गएको छ।

यो दुखद दुर्घटना भारतमा उत्तर प्रदेशको मथुरामा भएको हो । मिडिया रिपोर्टका अनुसार रेलवे ट्र्याकमा रेलको ठक्करबाट दुई किशोरको मृत्यु भएको छ र  ती बालकहरुले मोबाइलमा पब्जी गेम खेलिरहेको समयमा रेलले ठक्कर दिएको बताइएको छ।

घटनास्थलबाट प्रहरीले मृतकको मोबाइल बरामद गरेको छ, जसमा पब्जी गेम चलिरहेको भेटिएको छ। अर्थात्, जतिबेला ती किशोरहरुको मृत्यु भएको थियो, त्यो समयमा उनी फोनमा पब्जी खेलिरहेका थिए।

भारतीय प्रहरीका अनुसार मारिने दुवै युवा १४ वर्षका कक्षा १० का विद्यार्थी थिए । उनीहरु मध्ये एकको नाम गौरव र अर्कोको नाम कपिल कुमार थियो र दुबै एउटै बस्तीमा बस्थे। बिहान दुवै बालबालिका मर्निङ वाकमा जाने कुरा गरेर घरबाट निस्किएका बेला दुर्घटना भएको हो। तर दुवै जना बाहिर निस्केर मर्निङ वाकमा जानुको सट्टा मोबाइल गेममा व्यस्त भएको मिडिया रिपोर्टहरुमा उल्लेख छ।

यस बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ।

प्रकाशित: ८ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...