फोरजी मोबाइल नेटवर्कको गुणस्तर अभिवृद्धि गर्दै नेपाल टेलिकम

  • Technology Khabar | ७ मंसिर २०७८, मंगलवार
फोरजी मोबाइल नेटवर्कको गुणस्तर अभिवृद्धि गर्दै नेपाल टेलिकम

काठमाडौं ।

नेपाल टेलिकमले फोरजी मोबाइल नेटवर्कको गुणस्तर अभिवृद्धि गर्ने भएको छ। कम्पनीले आज रातीदेखि फोरजी मोबाइलको गुणस्तर अभिवृद्धि हुने जानकारी दिँदै सो क्रममा सेवामा केहि अवरोध हुनसक्ने जानकारी दिएको छ।

कम्पनीले यसको लागि नेटवर्क अप्टिमाइजेसन कार्य गर्न लागेको र उक्त कार्य सम्पादन गर्ने क्रममा ग्राहकहरुलाई कुनै किसिमको असुबिधा नहोस भन्ने तर्फ कम्पनी सजग रहेको उल्लेख गरेको छ।

तर यसको लागि कति समय लाग्दछ र ग्राहकहरुले त्यसबेला समस्या भएमा के गर्नुपर्नेछ भन्ने बारेमा भने कम्पनीले कुनै जानकारी दिएको छैन्।

नेपाल टेलिकमले देशका ७७ वटै जिल्लाहरुमा आफ्नो फोरजी नेटवर्क बिस्तार गरीसकेको छ । त्यसैगरी कम्पनीले फोरजी रोलआउट प्लानअनुसार ८५ प्रतिशत भन्दा धेरै काम गरिसकेको यसअघि नै जानकारी दिएको छ।

यो समाचार पनि हेर्नुस्-

नेपाल टेलिकमकी चिफ कमर्शियल अफिसर संगीता पहाडीलाई अन्तर्राष्ट्रिय अवार्ड

प्रकाशित: ७ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार