
काठमाडौं ।
नेपाल पेमेन्ट सोलुसन्स प्रा.लि. को “वान लिंक” नामक पेमेन्ट सर्भिस पहिलो पटक सिद्धार्थ बैंक लिमिटेडबाट सुचारु भएको छ। यो सेवा सुचारु भएसँगै अब ग्राहकहरुले बिना कुनै मुख्य इन्टिग्रेसन एउटा लिंकबाटै पैसा तिर्न तथा पाउन सक्नेछन्।
कम्पनीकाअनुसार सरल भाषामा बुझ्दा, सानादेखि ठुला ब्यापारी लगायत बिजनेस तथा कर्पोरेट हाउसहरुले “वान लिंक” बाट आफ्नो ग्राहकहरुलाई एसएमएस अथवा इमेललगायत अन्य संचारको माध्यमहरु जस्तै ह्वाट्सएप, भाइबर आदिको समेत उपयोग गरी पेमेन्ट लिंक पठाएर सजिलै पैसा उठाउन सक्ने भएकाले यसले रकम भुक्तानी तथा प्राप्त गर्ने पक्रियालाई अझ सहज बनाउँछ। यहाँ, यसले एमबैंकिङ्ग सँगसँगै परम्परागत भुक्तानी प्रक्रियाको पनि अन्त्य गर्छ।
“वान लिंक” मार्फत, ग्राहकहरूले नेपालमा उपलब्ध सबै भुक्तानी माध्यम जस्ता इ–बैंकिङ्ग, एमबैंकिङ्ग, आइपीएस् कनेक्ट, कार्ड भुक्तानी र वालेट भुक्तानीहरूको विकल्प पाउन सक्ने कम्पनीले उल्लेख गरेको छ।
अहिले, सिद्धार्थ बैंकले सुरुमा क्रेडिट कार्डको बिल भुक्तानीका लागि यो सेवा सुरु गरे पनि पछि, यसबाट ऋणको इएम्आई भुक्तानी गर्न मिल्ने सेवा पनि समेट्ने बताईएको छ। समग्रमा, यसले व्यक्ति, घरेलु, साना तथा मझौला र कर्पोरेट ग्राहकहरूलाई पनि सशक्त बनाउँछ।
नेपाल पेमेन्ट सोलुसन्स एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएसपीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ।
प्रकाशित: ७ मंसिर २०७८, मंगलवार