प्रदेश नं.२ मा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता ९.६ प्रतिशत, मोबाइल फोन प्रयोगकर्ता २१ लाख ४१ हजार

  • Technology Khabar | ७ मंसिर २०७८, मंगलवार
प्रदेश नं.२ मा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता ९.६ प्रतिशत, मोबाइल फोन प्रयोगकर्ता २१ लाख ४१ हजार

काठमाडौं ।

प्रदेश नं. २ मा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता ९.६ प्रतिशत रहेका छन् । नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता सबैभन्दा बढी बागमती प्रदेशमा ३९.५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.९ प्रतिशत रहेको छ।

प्रदेश नं. २ मा समीक्षा वर्षमा कुल वितरित मोबाइल फोन प्रयोगकर्ता संख्या १.१५ प्रतिशतले वृद्धि भई २१ लाख ४१ हजार ६ सय ६० पुगेको छ। गत वर्ष वितरित टेलिफोन संख्या १.३३ प्रतिशतले वृद्धि भई २१ लाख १७ हजार ३ सय ५ पुगेको थियो ।

कुल वितरित टेलिफोन संख्या मध्ये समीक्षा वर्षमा प्रदेश नं. २ मा नेपाल टेलिकमको वितरित टेलिफोनको संख्या २.८२ प्रतिशतले वृद्धि भई ११ लाख ७५ हजार १ सय ६२ पुगेको छ। त्यसैगरी, समीक्षा वर्षमा एनसेलद्वारा वितरित टेलिफोन संख्या ०.८१ प्रतिशतले कमी आई ९ लाख ६६ हजार ४ सय ९८ पुगेको छ । गतवर्षको सोही अवधिमा एनसेलद्धारा वितरित टेलिफोन संख्या ८.२९ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा वर्षमा नेपाल टेलिकमद्धारा वितरित फिक्स्ड/ल्याण्डलाईन फोनमा ७.२८ प्रतिशतले कमी आई ३९ हजार २ सय ८० रहेको छ भने जिएसएम मोवाईल (प्रि–पेड/पोष्ट–पेड/सिडिएमए) संख्या २.८७ प्रतिशतले वृद्धि भई ११ लाख १९ हजार २ सय ४२ पुगेको छ।

त्यसैगरी, नेपल टेलिकमका अन्य सेवाहरुमा ३२.९५ प्रतिशतले वृद्धि भई १६ हजार ६ सय ४० पुगेको छ।

प्रकाशित: ७ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ७ मंसिर २०७८, मंगलवार