खल्तीमा सेन्चुरी बैंक खाता लिङ्क गर्दा रु. १०० बोनस र स्मार्टफोन उपहार

  • Technology Khabar | ७ मंसिर २०७८, मंगलवार
खल्तीमा सेन्चुरी बैंक खाता लिङ्क गर्दा रु. १०० बोनस र स्मार्टफोन उपहार

काठमाडौं ।

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सेन्चुरी बैंक खातालाई खल्तीसँग लिङ्क गर्ने सेवाग्राहीलाई रु. १०० बोनस दिने भएको छ। साथै, एक भाग्यशाली प्रयोगकर्ताले सामसङ स्मार्टफोन जित्ने मौका पाउनेछन्।

यो बोनस अफर पहिलो पटक सेन्चुरी बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुने कम्पनीले जनाएको छ।

खल्तीकाअनुसार प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्नेछ। त्यसै गरि प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ। केही सेकेण्ड मै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट खल्ती मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ।

यो रु. १०० बोनस अफर मंसिर ३ देखि ४ पुससम्म खल्तीसँग सेन्चुरी बैंक लिंक गर्ने जोकोहिलाई लागु हुने बताईएको छ।

अफरको बारेमा खल्ती डिजिटल वालेटका मार्केटिङ अफिसर साकार केसीले भने, “हामीले मानिसहरूलाई डिजिटल भुक्तानीहरू प्रयोग गर्न प्रोत्साहित गर्न यो बोनस ल्याएका छौं। अब ग्राहकले पटक पटक पैसा लोड गर्ने झन्झट झेल्नु पर्दैन्। धेरै मानिसहरू यो सेवालाई बढी रुचाउँछन् दिन्छन् किनभने यसले उनीहरूलाई लिङ्क गरेको एक बैंकबाट कुनै पनि बैंक मा सेकेन्ड मै पैसा पठाउन सकिन्छ।”

यस लगायत ‘खल्ती’ मा थप १६ बैंक को खाता लिंक गर्न सकिने जनाएको छ।

प्रकाशित: ७ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • ७ मंसिर २०७८, मंगलवार