ह्वावेले अमेरिकामा आफ्ना सबै फोन शत प्रतिशत छुटमा पाइने ट्वीट गरेपछि…

  • Technology Khabar | ७ मंसिर २०७८, मंगलवार
ह्वावेले अमेरिकामा आफ्ना सबै फोन शत प्रतिशत छुटमा पाइने ट्वीट गरेपछि…

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी ह्वावेको अमेरिका विभागले हालै आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत् ‘ब्ल्याक फ्राइडेका बेला बेचिने आफ्ना सबै स्मार्टफोनहरुमा शत प्रतिशत छुट’ दिने पोस्ट गरेपछि केही समय उक्त सामाजिक सञ्जाल निकै तरंगित भएको छ।

ह्वावेयूएसको ट्विटर ह्यान्डलमा ‘ब्ल्याक फ्राइडे स्पेशल, अमेरिकामा बेचिने सबै स्मार्टफोनहरुमा १०० प्रतिशत छुट’ भन्ने ब्यहोरा पोस्ट गरिएको गीगचाइनाले रिपोर्टमा उल्लेख गरेको थियो।

उक्त ट्वीट पोस्ट गरेको एकैछिनमा यसमा हज्जाराैं कमेन्ट तथा रिट्वीट गरिएका थिए।

चिनियाँ स्मार्टफोन कम्पनी ह्वावेमाथि अमेरिकाले गत वर्षदेखि प्रतिबन्ध लगाएको छ।

यो प्रतिबन्ध अन्तर्गत ह्वावेले अमेरिकामा कुनै पनि सामान बेच्न तथा विशेष इजाजतबिना कुनै पनि अमेरिकी प्रविधि प्रयोग गर्न पाउँदैन।

यसै हिसाबले पनि ह्वावे यूएसएले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा ब्ल्याक फ्राइडेका बेला विशेष अफर राखेको ब्यहोरा पोस्ट गर्नु साँच्चै नै आश्चर्यजनक थियो।

तर त्यसको एक घण्टापछि नै ह्वावे यूएसएले उक्त ट्वीटको रिप्लाइ दिँदै प्रयोगकर्ताहरुलाई यो एउटा ठट्याैली मात्रै भएको बताएको थियो। रिप्लाइ ट्वीटमा लेखिएको थियो,  ‘ओके एभ्रीवन, इट्स जस्ट अ जोक।’

कम्पनीको रिप्लाइ ट्वीट आफूहरुमाथि अमेरिकाले प्रतिबन्ध लगाएकाले अमेरिकामा कुनै पनि सामान बेच्न नमिल्ने र यसै हिसाबले पनि ब्ल्याक फ्राइडेमा स्मार्टफोन बेच्ने र त्यसमा छुट दिने भन्ने सम्भव नहुनेप्रति लक्षित थियो।

सामान्य हिसाबले हेर्दा पनि कुनै पनि सामानमा शत प्रतिशत छुट भन्नु आफैंमा हास्यास्पद कुरा रहेको बुझ्न सकिन्छ।

प्रकाशित: ७ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार