
काठमाडौं ।
वेब होस्टिङ कम्पनी गोड्याडी (GoDaddy)ले सोमबार १२ लाख सक्रिय र निष्क्रिय व्यवस्थित वर्डप्रेस ग्राहकहरूको इमेल ठेगानाहरू अनधिकृत तेस्रो-पक्षको पहुँचमा पर्दाफास भएको बताएको छ।
कम्पनीले घटना नोभेम्बर १७ मा पत्ता लागेको र तेस्रो-पक्षले अनधिकृतरुपमा कम्प्रोमाइज गरिएका पासवर्ड प्रयोग गरेर प्रणालीमा पहुँच गरेको बताएको छ।
“हामीले हाम्रो व्यवस्थित वर्डप्रेस होस्टिङ वातावरणमा संदिग्ध गतिविधि पहिचान गर्यौं र तुरुन्तै आईटी फोरेन्सिक फर्मको सहयोगमा अनुसन्धान सुरु गर्यौं र कानून प्रवर्तनलाई सम्पर्क गर्यौं,” मुख्य सूचना सुरक्षा अधिकारी डेमेट्रियस कम्सले फाइलिङमा भनेका छन्।
कम्पनी, जसको शेयर प्रारम्भिक कारोबारमा लगभग १.६ प्रतिशतले घटेको थियो । यसले अनधिकृत तेस्रो पक्षलाई तुरुन्तै ब्लक गरेको थियो, र अनुसन्धान अझै जारी रहेको बताएको छ।
प्रकाशित: ७ मंसिर २०७८, मंगलवार