काठमाडौं ।
चिनियाँ स्मार्टफोन निर्माता कम्पनी वनप्लसले आफ्नो आउँदै गरेको वनप्लस १० प्रो फोनमा टेलिफोटो पेरिस्कोप लेन्स उपलब्ध नगराउने भएको छ।
कम्पनीका अनुसार अन्य प्रतिस्पर्धीहरुका अगाडि खरो उत्रन यो फ्ल्यागशिप डिभाइसमा क्यामरामा बढी केन्द्रित भएर काम गरे पनि टेलिफोटो पेरिस्कोप लेन्स भने उपलब्ध नहुने बताएको हो।
चर्चित र भरपर्दा चिनियाँ टिप्स्टर डिजिटल च्याट स्टेशनका अनुसार वनप्लस १० प्रोमा पेरिस्कोप जूम लेन्स हुनेछैन बरु यसमा ३.३x म्याग्निफिकेशन तथा ३०x जूमको क्षमता भएको स्ट्यान्डर्ड अप्टिकल जूम यूनिट राखिनेछ।
ती टिप्स्टरले उक्त स्मार्टफोनमा प्रयोग भएको क्यामरा सेन्सर आफैंमा उच्च रेजोल्युशनको नभएकोले हाइब्रिड जूम फिचर प्रयोग गरिने र यसले प्रयोगकर्तालाई खासै आकर्षण गर्न नसक्ने बताएका छन्।
यसैगरी वनप्लसकै मूल कम्पनी अन्तर्गत रहेका ओपोको फाइन्ड एक्स र रियलमी जीटी फ्ल्यागशिप स्मार्टफोनमा पनि लामा जूम क्यामरा उपलब्ध नहुने पनि बुझिएको छ।
प्रकाशित: ७ मंसिर २०७८, मंगलवार