मिदासको अपोइन्टमेन्ट सेवा, अनलाइनबाटै चिकित्सकको समय लिन सकिने

  • Technology Khabar | ६ मंसिर २०७८, सोमबार
मिदासको अपोइन्टमेन्ट सेवा, अनलाइनबाटै चिकित्सकको समय लिन सकिने

काठमाडौं ।

मिदास टेक्नोलोजीले मोबाइलबाटै अस्पतालमा दीर्घकालिन उपचार र चिकित्सकसँग टिकट लिन मिल्ने व्यवस्था मिलाएको छ। आईएमई समूहले सञ्चालन गरेको मिदास टेक्नोलोजीले यस्तो व्यवस्था मिलाएको हो।

यो सेवामार्फत सेवाग्राहीले वीर, सिभिल सर्भिस अस्पताल र मनमोहन कार्डियोका चिकित्सकसँग मोबाइलबाटै अपोइन्टमेन्ट लिन सकिने छ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ। बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा भिडभाड नहुने कम्पनीको विश्वास छ।

यस्तै, ग्राहकले पनि अस्पतालको अनावश्यक र झन्झिटिलो प्रक्रियाबाट छुट पाउने बताइएको छ। सेवाग्राहीले यो सेवा सम्बन्धित अस्पतालको मोबाइल एप्लिकेसन वा मेरो डाक्टर डटकमको वेबसाइटमार्फत लिनसक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...