एप्पलद्वारा आवाजमा समस्या भएका आईफोन १२ तथा १२ प्रो फोनहरु फिर्ता

  • Technology Khabar | ६ मंसिर २०७८, सोमबार
एप्पलद्वारा आवाजमा समस्या भएका आईफोन १२ तथा १२ प्रो फोनहरु फिर्ता

काठमाडौं ।

एप्पलले आवाजमा समस्या आएका आईफोन १२ र १२ प्रो स्मार्टफोनहरु फिर्ता लिएको छ। गत वर्षको अगस्टमा कम्पनीले आईफोन १२ र १२ प्रो का लागि सर्भिस प्लान सार्वजनिक गरेको थियो।

एप्पलले यी दुई फोनको ह्यान्डसेट मोड्युलको कुनै पार्टपुर्जामा खराबी आएको सुनिश्चित गरेको छ।

यो खराबीले थोरै सङ्ख्याका आईफोन १२ र १२ प्रो मा आवाजमा समस्या निम्त्याएको थियो। यसरी खराबी आएका यी डिभाइसहरु २०२० अकुटवबर देखि २०२१ अप्रिलका बीचमा बनेका पाइएको छ।

यस्तो समस्या देखिएका यी दुई मोडलका फोनहरु एप्पलका आधिकारिक सेवा प्रदायकहरुले फिर्ता लिएर नि:शुल्क मर्मत गरिदिने कम्पनीले बताएको छ।

९टू५म्याकको एक रिपोर्ट अनुसार विश्वका थुप्रै ठाउँमा आवाजमा समस्या आएका आईफोन १२ र १२ प्रो फिर्ता लिने घोषणा गरेको ५ महिनापछि एप्पलले यही सेवा हाल यूएईमा उपलब्ध गराएको हो।

प्रकाशित: ६ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार