चन्द्रमामा न्यूक्लियर रियाक्टरबारे अवधारणा माग्दै नासा

  • Technology Khabar | ६ मंसिर २०७८, सोमबार
चन्द्रमामा न्यूक्लियर रियाक्टरबारे अवधारणा माग्दै नासा

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष नियोग नासाले चन्द्रमामा न्यूक्लियर रियाक्टरबारे अवधारणा माग गरिरहेको छ।

यसका लागि उक्त विषयमा जानकारी र विज्ञता हासिल गरेका व्यक्तिहरुको खोजी भइरहेको बताइएको छ।

नासा तथा अमेरिकाको उच्च संघीय आणविक अनुसन्धान प्रयोगशालाले गत शुक्रबार फिसन सर्फेस पावर सिस्टमका लागि प्रस्ताव आह्वान गरेका छन्।

नासा तथा अमेरिकाको उच्च संघीय आणविक अनुसन्धान प्रयोगशालाले गत शुक्रबार फिसन सर्फेस पावर सिस्टमका लागि प्रस्ताव आह्वान गरेका छन्।

नासाले यो दशकको अन्त्यसम्ममा चन्द्र अभियानका लागि सूर्यमा आश्रित हुनु नपर्ने उर्जा स्रोत स्थापना गर्नका लागि यूएस डिपार्टमेन्ट अफ इनर्जीको इदाहो नेशनल लेबोरेटरीसँग सहकार्य गर्दैछ।

‘चन्द्रमामा भरपर्दो, उच्च उर्जा प्रणाली उपलब्ध गराउनु मानवीय अन्तरिक्ष खोजीका क्षेत्रमा निकै महत्वपूर्ण चरण हो, ’,प्रयोगशालाका फिसन सर्फेस पावर प्रोजेक्टका प्रमुख सेबास्टियन कर्बिसिएरोले भने।

यदि चन्द्रमामा दीर्घकालीन रुपमा मानव उपस्थितिका लागि सघाउ पुर्याउन सफल भएको खण्डमा नासाको अर्को कदम मंगल ग्रहका लागि हुने बुझिएको छ।

प्रकाशित: ६ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार