भारतीय टेलिकम बजारः एयरटेलले बढायो ट्यारिफ दर, जियो र भोडाफोनले पनि बढाउने अनुमान

  • Technology Khabar | ६ मंसिर २०७८, सोमबार
भारतीय टेलिकम बजारः एयरटेलले बढायो ट्यारिफ दर, जियो र भोडाफोनले पनि बढाउने अनुमान

काठमाडौं ।

छिमेकी देश भारतको टेलिकम बजारमा जियोको प्रवेशसँगै तिब्र प्रतिस्पर्धा र मूल्य कटौतीको क्रम चलिरहेकोमा हाल एयरटेलले भने आफ्ना प्रिपेड प्लानहरूमा २५ प्रतिशतसम्म ट्यारिफ दरमा वृद्धि गरेको घोषणा गरेको छ।

नयाँ महसुल दर नोभेम्बर २६ गतेदेखि लागू हुनेछ। यसअघि जुलाईमा कम्पनीले पोस्टपेड प्लानको मूल्य पनि बढाएको थियो।

नयाँ मूल्य वृद्धिपछि, एयरटेलको २८ दिने प्रिपेड प्लान, जुन हाल भारु ७९ रहेको छ, भारु ९९ हुनेछ। त्यस्तै १४९ भारुको सट्टा १७९ भारतीय रुपैयाँ खर्च गर्नुपर्नेछ।

यस्तो छ कम्पनीको भनाई

भारती एयरटेलले राम्रो र स्वस्थ व्यापार मोडलका लागि दर बढाउनु आवश्यक रहेको बताएको छ। कम्पनीले प्रति प्रयोगकर्ता औसत राजस्व (एआरपीयू) भारु २०० हुनुपर्ने र त्यसपछि बढाएर ३ सय भारतीय रुपैयाँ पुर्याउनुपर्ने बताएको छ। जसले गर्दा कम्पनीले लगानी गरेको पूँजीको उचित प्रतिफल पाउन सकोस् ।

जियो र भोडाफोनले पनि मूल्य बढाउन सक्ने

यी प्रिपेड योजनाहरूको नयाँ मूल्य प्रयोगकर्ताहरुका लागि नोभेम्बर २६ बाट सुरु हुने कम्पनीले जनाएको छ। बजारका अन्य प्रतिस्पर्धिहरु जियो र भोडाफोनले मूल्य वृद्धि घोषणा गर्न बाँकी छ। तर, एयरटेलको मूल्य बढेपछि अब यी कम्पनीहरूले चाँडै नै आफ्ना प्रिपेड प्लानको मूल्य पनि बढाउन सक्ने विश्वास गरिएको छ।

कम्पनीको सेयर बढ्यो

कम्पनीले भारतीय बजारमा टेलिकम सेवाको मूल्य बढाउने घोषणासँगै भारती एयरटेलको शेयर सोमबार प्रारम्भिक कारोबारमा ५ प्रतिशतले बढेर ५२ साताकै उच्चमा पुगेको छ। जुन भारु ७४९.१५ मा अवस्थित छ। कम्पनीले आफ्ना प्रिपेड ग्राहकको मोबाइलको शुल्क बढाएको प्रभाव सेयरमा देखिएको छ।

एयरटेलका नयाँ प्लान जियो भन्दा ५० प्रतिशत महँगो

यो मूल्य वृद्धिपछि, एयरटेलको प्रिपेड योजनाहरू जियोको तुलनामा ३० देखि ५० प्रतिशत महँगो भएको छ। २जीबी र २८ दिनको वैधता भएको जियोको प्लान भारु १२९ छ, जबकि एयरटेलको प्लान १७९ भारु पर्छ। त्यस्तै, जियोको १.५जीबी प्रति दिनको साथ ८४ दिनको वैधता योजना ५५५ भारु छ, जबकि एयरटेल ग्राहकहरूले यसका लागि ७१९ भारु तिर्नुपर्नेछ।

प्रकाशित: ६ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार