
काठमाडौं ।
फेसबुक अन्तर्गतको मेसेजिङ एप ह्वाट्सएपमा मेसेज रिप्लाइ गर्दा अब ईमोजी प्रयोग गर्न पाइने फिचर ल्याउने भएको छ।
सधैं नयाँ नयाँ अपडेटहरुमा काम गरिरहने ह्वाट्सएपले यो पटक यस्तो रियाक्शन नोटिफिकेशन नामक फिचरमा काम गरिरहेको बुझिएको छ।
यो नयाँ अपडेट गुगल प्ले स्टोर बिटा प्रोग्राममार्फत् उपलब्ध हुनेछ। शुरुमा यो फिचर ह्वाट्सएप एन्ड्रोइड बिटा भर्सन २.२१.२४.८ मा चल्ने बताइएको छ।
रिपोर्टका अनुसार ह्वाट्सएपले मेसेज रियाक्शन नामको नयाँ फिचरमा काम गरिरहेको चर्चा चलेको थियो। कम्पनीले यो फिचरलाई गलत तरिकाबाट इनेबल गरेर तुरुन्तै हटाएको थियो। तर अब भने त्यही फिचर ह्वाट्सएप बिटामा एन्ड्रोइड अपडेटका लागि दिन लागिएको हो
यसअघि आईओएसका लागि ह्वाट्सएपले रियाक्शन नोटिफिकेशन म्यानेज गर्नेबारे काम गरिरहेको बुझिएको थियो। डब्लूएबिटाइन्फोका कम्पनीले यो फिचर एन्ड्रोइडमा उपलब्ध गराउनका लागि बिटामा परीक्षण गरिरहेको हो।
प्रकाशित: ६ मंसिर २०७८, सोमबार