
काठमाडौं ।
वैश्विक सर्भरको बिक्री यो वर्ष ४.५ प्रचतिशतले बढेर १ करोड ७० लाख थान पुग्ने भएको छ।
अनुसन्धान संस्था डिजिटाइम्स रिसर्चका अनुसार कम्पनीले यसअघि ५.१ प्रतिशतको वृद्धि हुने आकलन गरे पनि ४.५ प्रतिशभन्दा माथि नजाने डिजिटाइम्सको प्रक्षेपण छ।
यसरी सामान्य मात्र वृद्धि हुनुमा आईसीको अभाव, चीनमा बिजुली काटिइरहनु र बन्दरगाहको भिड रहेको अनुसन्धानले देखाएको छ। यी सबै कारणले चोथो त्रैमासमा सर्भरको उत्पादन तथा बिक्रीमा प्रभाव पारेको बताइएको छ।
यो त्रैमासभरी नै आईसी तथा अन्य पार्टपुर्जाको अभावले वैश्विक सर्भरको क्षेत्रमा नकारात्मक प्रभाव छोडिरहने देखिएको छ। यसका कारण कम्पनीहरुले आफ्ना फाउन्ड्रीबाट निकै कम परिमाणमा मात्र सर्भरहरु डेलिभर गर्न सकेका छन्।
तर यसको ठिक उल्टो, सर्भर भेन्डरहरुसँग आपूर्ति श्रृङ्खलाका कारण हाइ-इन्ड सीपीयू तथा जीपीयू चिपहरुको निकै माैज्दात रहेको छ।
तर सर्भर सीपीयू र जीपीयू चिपका लागि आवश्यक अन्य पार्टपुर्जाको अभावका कारण आगामी महिनाहरुमा उत्पादनमा असर जारी रहने र स्टोरेज तथा नेटवर्किङ कन्ट्रोलर चिपको आपूर्तिमा पनि समस्या आउने देखिएको छ।
प्रकाशित: ६ मंसिर २०७८, सोमबार