
काठमाडौं ।
एप्पलको आईफोन १४ सिरिजको फोनको बारेमा विभिन्न अनुमानले बजार फेरि एकपटक तात्न थालेको छ। यो आगामी फोनमा ठूलो परिवर्तन हुने चर्चा भइरहेको छ।
आईफोन १४ सिरिजको फोनमा चार्जका लागि यूएसबी टाइप सी (USB-C) पोर्ट चार्जिङ सुविधा हुने धेरै रिपोर्टहरुमा भनिएको छ। रिपोर्टहरुमा यो पनि भनिएको छ कि यो नयाँ मोडल सेप्टेम्बर २०२२ मा कम्पनीले लन्च गर्न सक्नेछ।
यस्तो छ मुख्य कारण
एप्पलले हाल यसको नवीनतम फोनहरूमा लाइटनिङ पोर्ट प्रदान गर्दछ, जसले यूएसबी २.० (USB 2.0) को स्पीड दिन्छ। आईफोन १३, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्सको क्यामरामा प्रोरेस (ProRes) फिचरहरू दिइएको छ। यस्तो अवस्थामा यूएसबी २.०बाट कम्प्युटरमा यो मोडमा सिर्जना गरिएको भिडियो फाइल स्थानान्तरण गर्न धेरै समय लाग्छ।
यदि ७२० जीबीको फोरके फाइललाई कम्प्युटरमा स्थानान्तरण गर्न लगभग ३ घण्टा ४५ मिनेट लाग्छ। अर्कोतर्फ, यदि तपाइँ यूएसबी टाइप सीमार्फत समान प्रकारको फाइल स्थानान्तरण गर्नुहुन्छ (जुन हाल आईप्याड प्रो २०२१ मा छ), भने यसले केवल ३ मिनेट मात्र लिन्छ।
यस्तो अवस्थामा आइफोन १३ का प्रयोगकर्ताले फाइल ट्रान्सफर गर्न लागेको समयको बारेमा लगातार गुनासो गरिरहेका थिए। यसलाई ध्यानमा राख्दै कम्पनीले पनि नयाँ परिवर्तन गर्न सक्छ ।
अमेरिकी सरकार र युरोपेली संघ पनि परिवर्तन चाहन्छन्
चार्जर बारेको रिपोर्टमा उल्लेख भएअनुसार, अमेरिकी सरकारका साथै युरोपेली संघमा भविष्यका सबै उपकरणहरू (यसमा आईफोनसमेत समावेश छ) मा यूएसबी टाइप सी पोर्टको सुविधा मात्र हुनुपर्ने छ। यसकोलागि आवश्यका कानूनी व्यवस्था समेत गरिँदैछ।
त्यसो नगर्ने कम्पनीलाई जरिवाना लगाउने कुरा पनि गरिएको छ। यस्तो अवस्थामा एप्पलले अब आईफोन १४ मा यूएसबी टाइप सी पोर्ट चार्जिङ सुविधा उपलब्ध गराउन सक्ने अपेक्षा गरिएको छ।
तर यस बारेमा एप्पलले भने कुनै जानकारी दिएको छैन् । यसअघि बेलायतमा सो नियम लागू गर्ने भनिएको बेलामा यसले प्रविधिको विकासलाई रोक्ने एप्पलले बताएको थियो। एजेन्सीहरु
प्रकाशित: ६ मंसिर २०७८, सोमबार