
काठमाडौं ।
चिनियाँ चिप कम्पनी मिडियाटेकले ७एनएम प्रोसेसमा बनेको विश्वकै पहिलो टेलिभिजन चिप सार्वजनिक गरेको छ।
केही दिन अघि मात्रै स्मार्टफोनका लागि डाइमेन्सिटी ९००० चिपको घोषणा गरेको कम्पनीले हालै पेन्टोनिक २००० नामक उक्त ७एनएम चिपको घोषणा गरेको हो।
यो चिप विभिन्न दृष्टिकोणबाट विश्वकै पहिलो चिप हुन पुगेको छ। पहिलो त यो टीइएसएमसीको नोडमा आधारित पहिलो ७एनएम चिप हो।
यसबाहेक यो एच .२६६ का लागि भीभीसी अर्थात् भर्सटाइल भिडियो कोडिङ सपोर्ट गर्ने पहिलो व्यावसायिक टीभी चिपसेट हो।
यो चिप निकै शक्तिशाली भएको र यसले ८के रेजोल्युशन भएको भिडियो १२० हर्ज रिफ्रेश रेटमा सञ्चालन गर्न सक्छ। यो एआईद्वारा निर्देशित हुने हुनाले गैर ८के रेजोल्युशनका भिडियोलाई पनि टेलिभिजनको सबैभन्दा उच्च गुणस्तरमा लैजान सक्ने कम्पनीको दावी छ।
प्रकाशित: ६ मंसिर २०७८, सोमबार