
काठमाडौं ।
एप्पल म्युजिकमाथि प्रतिलिपि अधिकारको मुद्दा परेको छ। कम्पनीमाथि ट्रान्सफोबिया भएकाहरुसँग सम्बन्धित मिथ्या र भ्रामक विज्ञापन गरेको आरोप समेत लागेको छ।
एप्पलमाथि लागेको प्रतिलिपि अधिकारको आरोपमा कम्पनीले एप्पल म्युजिकमा समावेश गरेको एउटा गीतको टुक्राको वास्तविक गीत अर्को भएको जनाइएको छ।
यसैगरी प्रतिलिपि अधिकारवालाले उक्त गीतको टुक्रालाई अनलाइन विज्ञापनमा प्रयोग गरेर रकम कमाएको आरोप पनि लगाएको छ।
चार्मिङ बिट्स नामक कम्पनीले ‘एनिथिङ यू सिन्थेसाइज’ बोलको उक्त गीतको प्रतिलिपि अधिकार आफूमा नीहित भएको बताएको छ।
कम्पनीकाअनुसार फ्रेन्च र्यापर निन्होको क्यारामेलो नामक गीतको ट्र्याकमा एप्पलले प्रतिलिपि इजाजत नलिइ पुन: उत्पादन गरेको उक्त उजुरीमा उल्लेख छ।
उजुरीमा एप्पलको वेबसाइटमा क्यारामेलो गीतका शब्दहरु डिस्प्ले हुने र त्यससँगै पूरा गीत एप्पल म्युजिकमा सुन्नका लागि एउटा लिंक र यसको छोटो व्याख्या पनि उपलब्ध गराइएको उल्लेख छ।
उजुरीकर्ताले उक्त गीत आफ्नो प्लेटफर्ममा सुन्न सकिने भन्ने आकर्षक सूचना राखेको र यो भ्रामक विज्ञापन भएको दावी गरेको छ।
प्रकाशित: ५ मंसिर २०७८, आईतवार