पोको एफ ३ जीटी स्मार्टफोनको मूल्य ५ हजार रुपैयाँले घट्यो

  • Technology Khabar | ५ मंसिर २०७८, आईतवार
पोको एफ ३ जीटी स्मार्टफोनको मूल्य ५ हजार रुपैयाँले घट्यो

काठमाडौं ।

शाओमी नेपालले सब ब्राण्ड पोकोको पोको एफ ३ जीटी स्मार्टफोनको मूल्य उच्चरुपमा घटाएको छ।

कम्पनीले ८ जीबी र्याम र २५६ जीबी स्टोरेज अप्सन भएको पोकोको पछिल्लो फोनको मूल्य नेपाली बजारमा घटाएको हो।

सो फोन बजारमा अब ५१ हजार ९९९ रुपैयाँमा नै किन्न सकिने भएको छ। कम्पनीले यसअघि नेपाली बजारमा सार्वजनिक गर्दा ५६ हजार ९९९ रुपैयाँमा लन्च गरेको थियो।

यसैगरी कम्पनीले एमआई टिभीमा समेत मूल्य कटौती गरेको छ। कम्पनीले एमआई टिभी ४ए ३२ इन्चको मूल्यमा कटौती गरेको छ।

कम्पनीले सो टिभीको मूल्यमा कटौती गरेर २९ हजार ९९९ रुपैयाँमा झारेको छ। यसअघि कम्पनीले सो टिभीको मूल्य ३४ हजार ९९९ रुपैयाँ राखेको थियो। यस आधारमा कम्पनीले ५ हजार रुपैयाँ घटाएको छ।

यस्तो छ पोको एफ ३ जीटीको विशेषताहरु

डिजाइन वा स्मार्ट डिस्प्लेमा पोको एफ थ्री जीटी उत्कृष्ट मानिएको छ । जसमा १२० हर्जको टर्बो एमोलेड डिस्प्ले, पोकोेबाट निर्मित पहिलो र सबैभन्दा परिष्कृत एमोलेड स्क्रिन रहेको छ । उच्च रिजोलुसन टच टेक्नोलोजी स्पोर्टिङ, १२० हर्ज रियल्टी फ्लो र ४८० हर्ज टच स्याम्पिङ रेटको संयोजनसँग डिस्प्लेको ६ गुणा छिटो एमिङ रहेको छ। यसले फोनलाई स्मुथ र ल्याग फ्रि युजेज एक्सपेरियन्स दिने कम्पनीले बताएको छ ।

यसको अतिरिक्त एचडीआर १० क्यामराले युजरलाई थप उत्साहित बनाउने कम्पनीले बताएको छ । साथै गेमिङका लागि पनि यो फोन उत्कृष्ट रहेको ठहर कम्पनीको छ।

पोको एफ थ्री जीटीमा ५,०६५ एमएएचको ब्याट्री सुविधा रहेको छ । जसले प्रयोगकर्ताहरूलाई घण्टौंसम्म अडियो भिजुअल मनोरञ्जनको आनन्द उठाउन मद्दत गर्दछ । ६७ वाटको फास्ट चार्जरले एफ थ्री जीटीलाई १५ मिनेट भित्रैमा ० देखि १५५ ब्याट्री चार्ज गर्दछ । बन्डल गरिएको एल आकारको चार्जिङ केबलले गेम खेल्दा पनि फोन चार्ज गर्न मिल्ने कम्पनीले जनाएको छ ।

पोको एफ ३ जीटीमा एक प्रभावशाली ट्रिपल क्यामरा सेटअप उपलब्ध छ । जसमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामरा एफर १.६५ एपर्चर रहेको छ । यसको साथै ८ मेगा पिक्सेलको अल्ट्रा वाइड–एंगल क्यामरा ११९ डिग्रीको एफओभी, २ मेगा पिक्सेलको म्याक्रोको क्यामरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

पोको एफ थ्री जीटी गनमेटल सिल्भर र प्रिडेटर ब्ल्याक गरी २ वटा कलरको भेरियन्टमा उपलब्ध छ ।

प्रकाशित: ५ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...