
काठमाडौं ।
बेलायती लक्जरी कार निर्माता कम्पनी रोल्स रोयसले आफूले बनाएको पूर्ण विद्युतीय विमान विश्वकै सबैभन्दा तीव्र गतिको रहेको दावी गरेको छ।
कम्पनीले बनाएको स्पिरिट अफ इनोभेसन नामको उक्त पूर्ण विद्युतीय विमानको गति अहिले उपलब्ध अन्य विद्युतीय विमानहरुको तुलनामा निकै तीव्र रहेको बताएको हो।
डर्बीमा आफ्नो एरोस्पेस मुख्यालय रहेको कम्पनीले उक्त विमान विमान परीक्षण गर्ने ठाउँमा परीक्षण उडानका क्रममा ६२३ किमी प्रतिघण्टाको गतिमा उडेको दावी गरेको छ।
उक्त विमानले एक घण्टामा तय गरेको यो गतिले तीनओटा फरक फरक दूरीमा विश्व रेकर्ड कायम गरेको आकलन गरिएको छ। उक्त दूरीको आँकडा प्रमाणीकरणका लागि वर्ल्ड एयर स्पोर्ट्स फेडरेशनमा पठाएको छ।
उक्त परीक्षण उडान गत नोभेम्बर १६ का दिन विल्टशायरको एमस्बरीमा रहेको बस्कम्ब डाउनमा आयोजना गरिएको थियो।
उडानका क्रममा सबैभन्दा बढी गति उक्त उडानका परीक्षण पाइलट तथा फ्लाइट अपरेशन्सका निर्देशक फिल ओ’डेलले प्राप्त गरेका थिए। ‘यो मेरो करियरको सबैभन्दा अविसमरणीय क्षण हो भने सम्पूर्ण टोलीका लागि महत्वपूर्ण उपलब्धी हो’, उनले भने।
रोल्स रोयसले स्पिरिट अफ इनोभेशनको गति यस अघि सिमेन्स ईएयरक्राफ्टद्वारा निर्मित एक्स्ट्रा ३३० एलई एरोब्याटिक एयरक्राफ्टले सन् २०१७ मा राखेको सर्वाधिक गतिको रेकर्डभन्दा २१३ किमी प्रतिघण्टा तिव्र उडेको जनाएको छ।
यो विमान ३ किलोमिटरमाथि ५५५.९ किमी प्रतिघण्टाका दरले उडेको थियो भने यसअघिको कीर्तमानी एक्स्ट्रा ३३० १५ किमी माथि ५३२ किमफ प्रतिघण्टाका दरले उडेको थियो।
प्रकाशित: ५ मंसिर २०७८, आईतवार