
काठमाडौं ।
जुम्लाका अपाङ्गता भएका व्यक्ति क्षमता अभिवृद्धिका लागि अनलाइन तालिममा जोडिन थालेका छन् ।
कोरोनाका कारण भौतिकरूपमा क्षमता अभिवृद्धि तालिम लिन नसकेर घरमै बसेका उनीहरूले अनलाइनमार्फत आफ्नो क्षमता र दक्षता बढाउन सुरु गरेको हुन् ।
कोरोना सङ्क्रमणको समयमा अपाङ्गता भएका व्यक्तिहरूलाई परेको प्रभाव, समस्या र सहयोगको विषयमा बिहीबार सामूहिक अनलाइन बैठक जुममा छलफल गरिएको छ ।
यस्ता व्यक्तिहरूको छाता सङ्गठन राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णालीले जुम्लाका कनकासुन्दरी, सिञ्जा र चन्दननाथ नगरपालिकाका प्रतिनिधि, अगुवा अपाङ्गता भएका व्यक्ति र अभिभावकलाई कोरोनाको समयमा परेको प्रभाव र राहत प्याकेजका विषयमा जानकारी गराएको छ। गोरखापत्रबाट
प्रकाशित: ५ मंसिर २०७८, आईतवार