शाओमीका यी स्मार्टफोनमा एमआईयूआई १३ अपडेट आउँदै

  • Technology Khabar | ५ मंसिर २०७८, आईतवार
शाओमीका यी स्मार्टफोनमा एमआईयूआई १३ अपडेट आउँदै

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड शाओमीले छिट्टै नै आफ्ना ९ ओटा स्मार्टफोनमा एमआईयूआई १३ अपडेट ल्याउने तयारी गरिरहेको छ।

कम्पनीका सीईओ लेई जुनले अबको मुख्य एमआईयूआई अपडेट यो वर्ष सकिनुअगावै आक्सक्ने वाचा गरेका छन्।

तर उनले यसको यकिन मिति तथा अपडेट पाउने फोनको सूचीका बारेमा केही बताएका छैनन्। यसैबीच एक डेभलपरले यो अपडेट शुरुमा पाउने सम्भाव्य स्मार्टफोनहरुको सूची तयार गरेका छन्।

उनले तयार पारेको यो सूची एमआईयूआई १३ को सोर्स कोड भित्र भेटिएको र तलका स्मार्टफोन मोडलहरुमा यसको स्टेबल भर्सन सबैभन्दा पहिला र छिट्टै आउने बताइएको छ।

एमआई मिक्स ४

एमआई ११

एमआई ११ प्रो

एमआई ११ अल्ट्रा

एमआई ११ लाइट

एमआई १य एस

रेडमी के४०

रेडमी के४० प्रो

रेडमी के४० प्रो+

यसबाहेकका कम्पनीका अन्य फोनहरुमा यो अपडेट सन् २०२२ भित्र उपलब्ध हुने आकलन गरिएको छ। यसका सबै अपडेट एन्ड्रोइड १२ मा आधारित नहुने पनि बताइएको छ।

प्रकाशित: ५ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...