ईयूद्धारा चिनियाँ अप्टिकल फाइबरमा ४४ प्रतिशतसम्म एन्टी-डम्पिङ ट्यारिफ

  • Technology Khabar | ४ मंसिर २०७८, शनिबार

काठमाडौं ।

युरोपेली संघ(ईयू)ले अप्टिकल फाइबर केबल्सका चिनियाँ निर्माताहरू विरुद्ध नयाँ एन्टी-डम्पिङ उपायहरूलाई अनुमोदन गरेको छ। ईयूको आधिकारिक जर्नलमा प्रकाशित सूचना अनुसार अब चीनबाट ईयूमा आयात हुने केबुलमा ४४ प्रतिशतसम्म कर लाग्ने भएको छ।

युरोपेली आयोगले गत वर्ष चीनबाट ईयूमा एकल-मोड अप्टिकल फाइबर केबल आयातमा एन्टी-डम्पिङ अनुसन्धान सुरु गरेको थियो।

ईयूमा फाइबर केबल उत्पादकहरूको प्रतिनिधित्व गर्ने उद्योग समूह यूरोपाकेबलको उजुरीबाट सो अनुसन्धानलाई प्रेरित गरिएको थियो।

अमेरिकाले ती उत्पादनहरुमा नयाँ कर लगाएपछि युरोपेली संघमा चिनियाँ केबलको आयात बढेको र भविश्यमा थप वृद्धि हुनसक्ने उद्योग समूहले बताएको छ। “ईयू उत्पादकहरू चिनियाँ उत्पादनको कम मूल्यबाट पीडित भएका छन् र बजार हिस्सा गुमाउँदै छन्,” समूहले भन्यो।

आयोगको अनुसन्धानले निश्चित चिनियाँ आपूर्तिकर्ताहरूले चिनियाँ सरकारको अनुचित समर्थनबाट फाइदा उठाइरहेको हुनसक्ने र उनीहरूलाई युरोपेली प्रतिद्वन्द्वीहरूको तुलनामा सस्तो मूल्यमा प्रतिस्पर्धा गर्न अनुमति दिने सुनिश्चित गरेको थियो।

विशेष गरी यसले एफटीटी र जेडटीटी समूहहरू र तिनीहरूका विभिन्न सहायकहरूलाई केन्द्रित गरेको छ, जुन क्रमशः ४४ प्रतिशत र १९.७ प्रतिशत शुल्कको अधीनमा हुनेछन्। अन्य सहकार्य गर्ने कम्पनीहरूले ३१.२ प्रतिशत र अन्य सबै कम्पनीहरूले ४४ प्रतिशतको शुल्क सामना गर्न सक्छन्।

यूरोपाकेबलले नयाँ नियमलाई स्वागत गरेको छ र थप एन्टि-सब्सिडी शुल्कहरू चाँडै थपिने अपेक्षा गरिएको छ।

:यो र यसका सदस्यहरूले “ईयू एक प्राविधिक नेता रहिरहने र यसको उद्योगले यस रणनीतिक रूपमा महत्त्वपूर्ण तर अत्यधिक प्रतिस्पर्धी क्षेत्र सामना गर्ने चुनौतीहरूको सामना गर्न सक्षम छ भनेर सुनिश्चित गर्न कुनै कसर बाँकी राख्नेछैन,” समूहले भन्यो ।

प्रकाशित: ४ मंसिर २०७८, शनिबार

तपाइको प्रतिक्रिया